स्कुल जान हिँडेका धादिङका तीन बालिका सम्पर्कबिहिन
- पिटि अनलाईन न्यूज
- २६ श्रावण, २०८१ ०१:२५
- 28 Views
धादिङ।
धादिङमा घरबाट विद्यालय हिँडेका तीन बालिका एकै दिन हराएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनीहिँडेका बालिका बेपत्ता भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् ।
कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी विक, सुशिला तामाङ र अस्मिता गुरुङ बुधबार बिहान १० बजे विद्यालयआएका र त्यसपछि सम्पर्क विहिन भएका हुन् ।
२३ गते बिहान बिद्यालय पोषाकमा घरबाट हिंडेका यी छात्राहरू आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिकासो दिन विद्यालय भने पुगेका थिएनन् ।
यी छात्राहरू बिद्यालय नआइ धादिङबेशी बीचबजारमा सपिङ र ब्युटिपार्लर गएर मेकअप गरी नयाँ गेटअपमा हिंडेकोबजारको सिसिटिभि फुटेजमा देखिएको नीलकण्ठ बालमन्दीर माविका वि.व्य.स.का अध्यक्ष दिपक कोईरालालेजानकारी दिनुभयो । उनीहरूले नजिकका साथीहरूलाइ दिल्ली भाग्न लागेको बताएकाले कसैले ललाईफकाइ,दुरूत्साहन वा बेचबिखनको आशंका देखिएको उहाँको भनाई छ ।कोईरालाका अनुसार हिजो बिहिबारसम्मधादिङको घाटबेशी र गल्छीको लोकेशनमा यी हराईरहेका छात्राहरूले प्रयोग गरेको मोवाइल नम्बर ट्रयाकिङ भएको छ।
प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएकाभनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् ।
“आफन्त, इष्टमित्र समेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाँउ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमानिवेदन दिएपछि खोजी कार्यलाई तीव्र बनाइएका छौँ । जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवमप्रहरी नायब उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।