बागेस्वरीले विदुर-१३ मा बृक्षारोपण गर्यो।
- पिटि अनलाईन न्यूज
- २० श्रावण, २०८१ २०:१५
- 34 Views
नुवाकोट ।
जिल्लाको विदुर -१३ मा बागेश्वरी प्रगतिशिल युवा क्लबले बृक्षारोपण गरेको छ।
“स्वच्छ, सफा, सुन्दर र हरियाली समाजको परिकल्पना सहित बिरूवा रोपौं वातावरण जोगाऔं” भन्ने मूल नारा सहित शनिवार एक कार्यक्रम गरी ५५० वटा बिभिन्न जातको बिरुवा रोपिएको क्लबका सचिव राज कुमार अधिकारीले बताए।
क्लबले विदुर-१३को अहिंसावादी साङ्गे छ्योईफेल बौद्ध गुम्बा मुखियाटोल, माने डाँडा मरणचिहान , सिर्जना आधारभुत बिद्यालय कागुने,आपटार हावाघर वरिपरि, नवनिर्मित स्वास्थ्य भवन डेउडी,नेपाली काङ्ग्रेस पार्टि कार्यलय परिसर,श्री अजिङ्गरे मा.बि.,अजिङ्गरे राधा-कृष्ण मन्दिर तथा विभिन्न खालि जग्गाहरुमा बन डिभिजन कार्यालय नुवाकोटबाट प्राप्त भएको ५५० गोटा विभिन्न जातको बिरुवा सार्नको लागि उपस्थित बन डिभिजन कार्यलय का प्रतिनिधि धनमाया घले,वडा कार्यालय कर्मचारीहरु पुजन भट्ट, कोपिला , समाजसेवीहरु श्री हरेराम पौडेल,श्री पुरुषोत्तम अधिकारी, छिप्पाश्वरी बन उपभोक्त समितिका अध्यक्ष श्री कृष्णबहादुर तमाङ, श्री टेकबहादुर खड्का, श्री नरोत्तम अधिकारी,श्री मनोज तमाङ, श्री नारायण पाण्डे, श्री प्रद्युम्न रेग्मी लगायत क्लबका प्रतिनिधिहरु र स्थानीय सामाजिक व्यक्तित्वहरु साथै समाजका विभिन्न तह र तप्काका समाजसेवी, बुद्धिजिवी व्यक्तित्वहरूको समेत को बाक्लो उपस्थितीमा बृक्षारोपण कार्यक्रम सफल गरिएको छ।
पछिल्लो समय सामाजिक कार्यमा सकृय क्लबले स्थानियमा राम्रो प्रभाव पारे पनी बिगत जस्तो क्लब जन्माउदै हराउने त होइन भने स्थानियले गुनासो गरेको छ।