साहास , साथ, खुशी, सुख
आशिर्वाद पनि सँगै मर्छ
जागि दिन्छ ऋण
तिमी
टुहुरा भको दिन
छोरी,
तिमी पनि उस्तै हुन्छौ कि?
मैले जस्तै टुहुराको
आशु लुकाई मट्टि दिन्छौ कि?
छोरी….
हिम्मतदार बन्नु है।
साहास , साथ, खुशी, सुख
आशिर्वाद पनि सगै मर्छ
जागी दिन्छ ऋण
तिमी
टुहुरा भको दिन
तिमी कम्जोर हुँदा देखि
हेप्न थाल्छन् दुनियाँले
आफन्त पनि पराई हुन्छन्
तर,
चाम्रो बन्नु है, छोरी
राम्रो बन्नु है
साहास , साथ, खुशी, सुख
आशिर्वाद पनि सँगै मर्छ
जागी दिन्छ ऋण
तिमी
टुहुरा भको दिन
सुजनशेर राई
दि.रु.म. न.पा – ८
हाल धरान – ११