गायक प्रमोद खरेल र नायिका केकी अधिकारी जेद्दा सिजनमा आउदै ।
- पिटि अनलाइन न्यूज
- ३२ असार, २०८१ ०३:३६
- 71 Views
जेद्दा/वासुदेव सापकोटा
General Entertainment Authority – Kingdom of Saudi Arabia द्वारा आयोजित जेद्दा सिजनमा नेपाल देखि गायक प्रमोद खरेल,नायिका केकी अधिकारी र चर्चित कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा आउने भएको छन ।
गत जुलाई ११ तारिखका दिन जेद्दा स्थित Casa Diora Hotel मा पत्रकार सम्मेलन गर्दै अगस्ट १६ तारिखका दिन लाईभ कन्सर्टको लागि नेपालका चर्चित गायक प्रमोद खरेल, चर्चित नायिका केकी अधिकारी र उनका नृत्य समूह पनि आउने भएको छ साथै कार्यक्रम संचालन गर्नको लागि कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा पनि आउने भएकी छिन ।
उक्त पत्रकार सम्मेलनमा बोल्दै फिलिपिन्सका लागि जेद्दा काउन्सेल जनरल इदगर थोमस क्यू. अक्सिलियन (Edgar Tomas Q. Auxilian) ले यो निकै गौरवपुर्ण र महत्वपुर्ण कार्यक्रममा फिलिपिन्स संगसंगै एसियन देसहरूलाई पनि संस्कृति, परम्परा, भेषभुषा झल्काउन सहभागि गराएकोमा धन्यवाद ज्ञापन गर्दै यसले पर्यटन प्रवर्धनमा कोषे ढुङ्गा सावित हुने वताउनु भयो।
सोही कार्यक्रममा नेपाली महावाणिज्य दुतावास जेद्दाका श्रम-सहचारी ताम्रराज काफ्लेले सम्पुर्ण साउदिवासी नेपालिहरूलाई कार्यक्रममा सहभागी भई नेपालको संगीत, भेषभुषा, खानपान र मौलिक संस्कृतिको प्रचार र प्रवर्धन गर्न आव्हान गर्दै सिजनसंग समन्वय गरि जनघनत्व बढी भएको ठाउहरूमा यातायातको सुविधाका लागि पहल गरिने पनि वताउनु भयो।
प्रेस कन्फेरेन्स कार्यक्रमकी संचालिका एवं जेद्द सिजन कन्सल्टेन्ट नोसिन वसिमले वर्षभरि दुखजिलो गरेका श्रमिकहरूलाई वर्षको कम्तिमा एकपटक रमाउने मौका भएकोले, घरमा कामगर्ने ड्राईभर, घरका सहयोगी लगायत टिकट खरिद गर्न नसक्नेहरूका लागि सक्नेहरूले एक भन्दा वढी टिकट खरिद गरि सहयोग गरेर खुसिहरू बाढ्न पनि आव्हान गर्नुभयो।
जेद्दा सिजनमा पहिलो ईभेन्ट २६ जुलाई मा इन्डिया र साउदी अरबको हुने छ । भने २ अगस्ट मा पाकिस्तान र ईन्डोनेसिया को हुने छ । त्यसै गरि ९ अगस्ट मा बङ्गला देश र श्रीलंकाको हुने छ भने अन्तिम १६ अगस्टमा फिलिपिन्स र नेपालको हुनेछ।
जेद्दा सिजनमा नेपालको कला सास्कृती झल्किने किसिमको विभिन्न नृत्यहरु लगायत साङ्गितिक प्रस्तुती रहनेछ। कार्यक्रममा नेपालको विभिन्न परिकारका खाना,पहिरन लगायत जातिय भेषभुषाको पनि प्रदर्शन हुने छ।
अन्तरास्ट्रिय रुपमा नेपालले आफ्नो देशको कला,सास्कृती,सस्कार एवम पहिरण प्रदर्शन गर्ने उपयुक्त ठाउँ जेद्दा सिजन हुने छ ।
अगस्ट १६ तारिखका दिन नेपालको ईभेन्ट शुरु हुनु अगाडि फिलिपिन्सको ईभेन्ट हुनेछ ।