प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदमा विश्वासको मत लिने
रामचन्द्र तिम्सिना
- २३ असार, २०८१ ०६:३२
- 52 Views

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ असारमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि व्यवस्थापन गरिदिन प्रधानमन्त्री प्रचण्डले संघीय संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेर अनुरोध गरेका छन्।
नयाँ गठबन्धन बनाएका कांग्रेस र एमालेले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे पनि प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मत लिने निर्णय गरेका हुन् ।सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ।
‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान भएअनुरूप उक्त विषय असार २८ गतेको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ,’ पत्रमा भनिएको छ ।