जेद्वा सिजनमा कलाकार प्रमोद खरेल,केकी अधिकारी,र रिमा विश्वकर्माले प्रस्तुति दिने
- पिटि अनलाईन न्यूज
- १६ असार, २०८१ ०७:२१
- 71 Views
जेद्वा,साउदी अरब।
साउदी सरकारको जी ई ए (क्रस कल्चर)को आयोजना
आयोजना हुने जेद्वा सिजनमा चर्चित गायक प्रमोद खरेल चर्चित नायिकद्वय केकी अधिकारी र रिमा बिस्वकर्माले सांस्कृतिक प्रस्तुती दिने भएको छ।
फरक संस्कृतीको देश साउदी अरेबिया आयोजित जेद्वा सिजनमामा नेपाली संगै भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स लगायत अन्य मुलुकहरुका सहभागी रहने छ।
आगामी २६ जुलाई २०२४ बाट आयोजित कार्यक्रममा नेपालको सहभागिता १६ अगस्ट २०२४ शुक्रबार जेद्वा स्थित इक्वेस्ट्रियन पार्कमा फिलिपिन्सको साथ नेपालको प्रस्तुति रहेको छ।उक्त प्रदर्शनीमा नेपालबाट चर्चित गायक पखरेल, नायिकाद्वय अधिकारी,र विश्वकर्माले आआफ्नो प्रस्तुति दिने छ।
साउदी अरेबियामा २०१९ देखि सिजन सुरु भएता पनि नेपालले गत डिसेम्बरबाट रियाद सिजनमा सहभागी भएको थियो। उक्त सिजनमा नेपालले उल्लेखनीय सफलता प्राप्त गरेको र जेद्वा सिजनलाई सफल पार्न नेपाली समुदायलाई रियाद सिजनकोको लागि नेपालको तर्फबाट संयोजन गरेका झापाली समाजका अध्यक्ष रविन गिरीले अपिल गरेका छन् ।
जेद्वा सिजनमा नेपालको सहभागिता हुने कुराले खुसी लागेको र नेपालले पाएको दिनमा साउदीमा रहेका संस्थाहरू तथा कार्यरत सबै नेपाली उपस्थित भएर सिजन सफल पार्न आग्रह गर्दै आवश्यकता अनुसारका वाणिज्य दूत शत्रुधन पोखरेलले सहयोग गर्ने बताए। सिजनमा नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य द्वारा नेपालको प्रर्दशन गर्ने उनले जनाए।
साउदी सरकारको जी ई ए (क्रस कल्चर) आयोजना उक्त कार्यक्रममा मौसम अनुकूल पारेर आफ्नो धर्म संस्कृति, कला , खेलकुद आदिलाई समावेश गरी प्रदर्शन गर्ने गरेको छ।