सामी र हेल्भेटासको आयोजनामा प्रदेश स्तरिय क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
पिटि अनलाईन न्यूज
- १४ असार, २०८१ ०८:०५
- 92 Views

युबराज पुन ,बुटवल ।
सुरक्षित आप्रवासन ( सामी ) र हेल्भेटासका कार्यक्रम संयोजक सनत प्रसाद सापकोटाको संयोजकत्वमा होटेल ड्रीम ईन्टरनेशनल सभाहलमा आप्रवासी श्रमिक सन्जालका पदाधिकारहरुलाइ क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख प्रशिक्षक प्रदेश कार्यक्रम ब्यावस्थापक ( लुम्बिनी प्रदेश )का पन्चराम चौधरी र सनत प्रसाद सापकोटाले प्रशिक्षण दिएको कार्याक्रममा लुम्बिनी प्रदेशका ७ जिल्लाहरु नवलपरासी, रुपन्देहि, कपिलबस्तु, दाङ,बांके,कैलाली र रोल्पा लगायत सबै पालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्याक्रममा प्रदेश लगायत सबै जिल्लाका पदाधिकारी हरुले हाल सम्म गरेको आ- आफ्नो प्रगति बिवरण प्रस्तुत गरेका थिए भने बैदेशिक रोजगारीमा जान्छु भनी पहिलो पाहिला चाल्दा राहदानी बनाउदादेखि बिदेश पुगेपछी,बिदेशमा हुने र घर नपुग्दा सम्म हुने ठगी त्यसको समाधानको बारेमा गहन छलफल गरिएको थियो।
श्रमिक सन्जालमा आबद्द सबै पदाधिकारीहरुले बैदेशिक रोजगारीमा जान चाहनेहरुलाइ सुरक्षित साथ ,बिदेश जाने,सुरक्षित साथ बिदेशमा कार्य अवधी सम्म रहने र सुरक्षित साथ घर सम्म पुग्ने सम्बन्धी सन्जालले महत्वपूर्ण भुमिका निभाउन सकिने प्रशिक्षक सनत सापकोटाले बताए।
नेपालका लगभग सबै स्थानका मानिसहरु बैदेशिक रोजगारिमा गयएका छन, त्यसैले श्रमिक सन्जालले हरेक घर घर सम्म सुरक्षित बैदेशिक रोजगारिको सन्देश पुर्याउनुको लागि हाल सबैले चलाइने सामाजिक सन्जालको साथै गाउँ ,टोल नगर सबै स्थानमा हुने कार्याक्रममा उपस्थित भै प्रचार प्रसार गर्नु पर्ने प्रशिक्षक पन्चराम चौधरीले बताए।
बैदेशिक रोजगारी मा गएर मृत्यु भएका,कम्पनीबाट ठगी भएर फर्केका र अति बिपन्नहरुको सहयोग गर्न एक रुपैया अभियान सन्चालन गरि १ लाख ११ हजार एक सय एक रुपैयाको अक्षयकोष सन्चालन गरेको र १८ डिसेम्बर अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कार्याक्रम सन्चालन गरि न्यानो कपडा र बालबालिका हरुको लागि स्टेसनरीका सामग्रीहरु बितरण गरिरहेको नवलपरासी जिल्ला अध्यक्ष ( प्रदेश वरिष्ठ उपाध्यक्ष ) ले जानकारी दिए।
लुम्बिनी प्रदेश अध्यक्ष रोशन गिरिले लुम्बिनी प्रदेशका बाकी रहेका ५ जिल्ला का नगर, वडा हरुमा पनि छिट्टै सन्जाल बिस्तार गरिने बताए।
कार्याक्रम हेल्भेटास का लुम्बिनी प्रदेश अधिकृत जियाउल हकले संचालन गर्नु भएको छ।