श्री अजिङ्गरे माबिलाई अम्बिका खड्काको आर्थिक सहयोग
पिटि अनलाईन न्यूज
- १ असार, २०८१ ०३:३२
- 131 Views

नुवाकोट।
जिल्लाको विदुर-१३ को श्री अजिङ्गरे माध्यमिक विद्यालयलाई पुर्ब विद्यार्थी अम्बिका खड्का अनुले आर्थिक सहयोग गरेकी छिन्।
सामाजिक अभियानमा सक्रिय खड्काले बिहीवार आफ्ना बुबा माधब खड्का सहित विद्यालय पुगेर शैक्षिक गुणस्तरको लागि ने रु ३० हजार सहयोग गरेकी हुन्।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्षको राज कुमार अधिकारीको उपस्थितिमा प्रअ राम कृष्ण भन्डारीलाई उक्त सहयोग हस्तान्तरण गरेको हो। हस्तान्तरण कार्यक्रममा विद्यालयको शिक्षक ,शिक्षिका तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
रोजगारीको सिलसिलामा अष्ट्रेलिया पुगी रेस्टुरेन्ट ब्यबसाय गर्दै आएकी खड्काले आफूले अध्ययनरत स्कुललाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको र आफ्नो सहयोग सदुपयोग हुने बिश्वास ब्यक्त गरेकी छिन् ।
पछिल्लो समय विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि साउदी र कतारमा कार्यरत पुर्बबिद्यार्थीहरु ,नेपाली साझा मन्च ,साउदी, एनटिसीका सहायक लेखापाल अच्युत ओझाको पहलमा आर्थिक तथा शैक्षिक सहयोग हुँदै आईरहेको छ।