विद्यार्थी उमेदवार चर्चा :२८ कि ३२ बर्ष ?
पिटि अनलाईन न्यूज
- ३१ जेष्ठ, २०८१ १९:३१
- 194 Views

सत्ताधारी दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी ) को तेस्रो पुर्ण बैठक को पुर्ब सन्ध्या तथा केन्द्रिय पदाधिकारी बैठक मा उमेरहद बारेमा छलफल प्रवेश गरेको छ ।
विद्यार्थी संगठन ले एक दशक अगाडि नै स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन लड्नको लागि उमेरहद २८ लागू गरिसकेको हुदा यसपटक विद्यार्थी संगठन मा पनि उमेरहद लागू हुनुपर्ने माग उठ्दै आएको छ ।अहिले प्रमुख प्रतिपक्षी दल को विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ ले पनि ३२ बर्षे उमेरहद राखे संगै विभिन्न विद्यार्थी संगठन मा पनि यो छलफल तिब्र भएको ३२ बर्षे अभियान का एक नेता ले जानकारी दिए।।
स्वतन्त्र विद्यार्थी युनियन को निर्वाचन सम्पन्न भएको १ बर्ष मात्र भएको हुँदा कोहि साथीहरू लाई स्ववियु अनि कोही साथीहरू लाई संगठन मा लाग्दा दुबै तिर उपलब्धि हुने भएको ले २८ बर्ष पनि बैज्ञानिक हुने बताउछन् ।।
एउटा विद्यार्थी रेगुलर अध्यन गर्दा २५ बर्ष भित्र मास्टर्स पास गरिसक्ने हुँदा उमेरहद आवश्यक देखिएको छ । अखिल क्रान्तिकारी को यो बैठक लाई आगामी २३ औ सम्मेलन को key को रूपमा हेरिएको छ । सो बैठक मा असोज भित्र खुल्ला निर्वाचन मार्फत नयाँ नेतृत्व चुनिनुपर्ने आवाज उठेको छ ।