नेपालीहरूले साउदी अरबका विभिन्न क्षेत्रमा १७ औं गणतन्त्र दिवस भव्य रूपले मनाए ।
- पिटि अनलाइन न्यूज
- १७ जेष्ठ, २०८१ ००:०४
- 104 Views
रियाद,
नेपाली जनप्रगतिशिल मञ्च द्वारा साउदी अरेबियाको विभिन्न स्थानहरूमा दिप्रज्वलन गरि १७औं गणतन्त्र दिवस सभ्य अनि भव्य रूपमा मनाईएको छ। विशेष गरि जनप्रगतिशिल मञ्चको क्षेत्रिय कमिटि हायल र मञ्चकै क्षेत्रिय कमिटि जुवेलमा दिपप्रज्वलन गरि सुभकामना अदाप्रदान गरि मनाइएको हो।
क्षेत्रीय कमिटी जुवेलमा क्षेत्रिय अध्यक्ष एबम केन्द्रीय सदस्य क. शिबराज बिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको थियो भने हायल क्षेत्रमा क्षेत्रीय अध्यक्ष तथा पश्चिम् एसिया सदस्य बलदेब मश्रङ्गी मगरको अध्यक्षतामा एक कार्यक्रमका साथ गणतन्त्र दिवस मनाईएको थियो ।
गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध, १९ दिने जनआन्दोलन एवं विभिन्न आन्दोलनहरुमा आफ्नो जीवन बलिदान दिनुहुने सहादत प्राप्त गर्नुहुने सम्पूर्ण वीर सहिदहरू प्रति सम्मान व्यक्त गर्दै बेपत्ता एवं घाइते योद्धाहरु र उहाहरूको परिवार, एवं सहिद परिवारमा उच्च सम्मान प्रकट गर्दै कार्यक्रममा एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा उपस्थित हुनुभएका विशिष्ट अतिथि एबम रास्ट्रिय कमितिको सहकोषध्यक्ष क. तारा सेन्चुरी ले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
त्यसै गरि केन्द्रिय उपाध्यक्ष एबम कार्यक्रमका प्रमुख अतिथि क. हरि बुढाथोकी द्वारा सम्वोधन तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन
गरिएको थियो।
साथै नेपाली जनप्रगतिशल मन्च साउदी अरबद्वारा विज्ञाप्ति मार्फत शुभकामना प्रदान गरेका छन ।
पुर्ण विज्ञाप्ति
गणतन्त्र दिवसको शुभकामना
निरंकुश सामन्ती राज्य-व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको विभिन्न मुक्तिकामी आन्दोलन र बलिदानीपूर्ण संघर्षले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दछौं ।
यसै अवसरमा महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा वलिदानि र सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। संगसंगै बेपत्ता एवं घाइते योद्धाहरु र उहाहरूको परिवार, एवं सहिद परिवारमा उच्च सम्मान प्रकट गर्दछौं ।
नेपाली जनताको ठूलो त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। तर अहिले गणतन्त्रका विरोधी पश्चगामि शक्तिहरु यहि व्यवस्थामा रजगज गर्दै गणतन्त्रलाई नै कमजोर पार्ने गरि यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार गर्ने काम भइरहेको छ। यसकारण अब नेपाली जनताको बलिदानीपूर्ण संघर्र्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्व विरोधी सम्पूर्ण लोकतन्त्रवादी र प्रगतिशिल शक्तिहरु एकतावद्द भई खबरदारी र गर्नुको विकल्प छैन।
अन्त्यमा, यस गौरवपूर्ण ऐतिहासिक दिनका अवसरमा सम्पूर्ण नेपालीहरूमा सुस्वास्थ्य र प्रगतिको उत्तरोत्तर कामनासहित अब देश समृद्दीको बाटोमा लागोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्दछौं।
१५ जेष्ठ, २०८१
…………………….
नेपाली जनप्रगतिशिल मञ्च साउदी अरब