दोस्रो गोर्खाली गोल्डकप भोलिबाट सुरु हुने
पिटि अनलाईन न्यूज
- २७ चैत्र, २०८० ०८:३३
- 156 Views

मलेसिया।
मलेसिया को जोहोर बातुपात स्थित भोलि र पर्सि १०-११ तरिका हरिराया को अवसरमा दोस्रो गोर्खाली गोल्डकप आयोजना गरेको गोर्खाली फुटबल क्लब को अध्यक्ष रोजिन सिवाकोटीले बताए ।
हरेक बर्षा मुस्लिम हरुको महान पर्व हरिराया को अवसर परेर गोर्खाली कप आयोजना गर्दै आएको क्लब का अध्यक्ष बताउँछ । यस खेलको प्रथम बिजेताले मलेसिया २५००० (पच्चीस हजा) रिंगेट नगद पुरस्कार प्राप्त गर्ने छन भने उप बिजेताले १००००/- दस हजार रिंगेट नगत पुरस्कार प्राप्त गर्ने छन।
भोलि बाट सुरु हुन गईरहेको खेल को बिशेश अथितीका रुपमा नेपाली महिला फुटबल कप्तान गोल रक्षक अन्जिला तुम्बापो हिजो नै मलेसियामा पुगिसकेको आयोजकले बतएका छन ।
उक्त कपमा जम्मा १६ टिमले सहभागी जनाउने अयोजकले जानकारी गराए। उद्घाटन खेलको दिन स्थानीय कलाकारहरुको बेजोडको सांगीतिक प्रस्तुति समेत रहने भएको छ ।
तपाईको प्रतिक्रिया