नुवाकोट लेखापढी एसोसिएसनको बनभोज कार्यक्रम सम्पन्न
पिटि अनलाईन न्यूज
- २० फाल्गुन, २०८० ११:०३
- 137 Views
![](https://ptonlinenews.com/wp-content/uploads/2024/03/Untitled.jpg)
विदुर।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्यसमिति नुवाकोटद्वारा आयोजीत बृहत् बनभोज कार्यक्रम विदुर नपा वडा नं. ८ अवस्थित प्रसिद्ध पन्चकन्या मन्दिर परिसरको पिकनिक सपोर्टमा अत्यन्त हर्षोल्लासमय वातावरणमा सम्पन्न भएको छ ।
जिल्ला कार्यसमिति एसोसिएसनका अध्यक्ष उत्तमराज पाण्डेको सभा अध्यक्षतामा तथा विदुर नगर प्रमुख राजन श्रेष्ठ को प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा लोक गायिका सन्तोषी केसी र लोक गायक हरिजंग पाण्डेको लाईभ दोहोरी घम्साघम्सीले कार्यक्रमलाई भरपुर मनोरन्जन दिलाएको थियो भने उपस्थित अतिथिहरु समेत कम्मर मर्काई मर्काई नाच्न भ्याए।
बिशेष अतिथिहरुमा नुवाको उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, संघका महासचिव उपेन्द्र बुढाथोकी,जिल्ला मालपोत कार्यालयका अधिकृत महेन्द्र ब नेपाल, मालपोतका अन्य वर्तमान निवर्तमान कर्माचारीहरु, त्यसैगरी जिल्ला नापी कार्यालयका अधिकृत संजिव कुमार सिंह साथै नापीका अन्य कर्माचारीहरु लगायत अन्य बिभिन्न क्षेत्रमा आवद्द व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
जिल्ला नापी कार्यालयका अधिकृत संजिव कुमार सिंहले लेखापढी व्यवसायीको कार्य शैली कार्य सम्पादनको प्रशंसा गर्दै नुवाकोट जिल्लामा मालपोत र नापी,लेखापढी व्यवसायीहरुको समन्वय,सहकार्य व्यवहार राम्रो हुँदा जिल्ला मै अहिले सम्म कुनै किसिमको विवाद खेप्नु नपरेको अनुभव सुनाए ।
कार्यक्रममा उत्कृष्ट,नृत्य प्रस्तुत गर्नेहरुलाई उद्योग वाणिज्य संघ आयोजक कमिटिले प्रायोजक गरेका थिए भने उत्कृष्ट लोक दोहोरी गीत प्रस्तुत गर्ने जोडीलाई मालपोत र नापी कार्यालयको प्रायोजनमा नगत पुरस्कार समेत प्रदान गरेका थिए ।