मन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा डेउडीमा ल्होछार कार्यक्रम सम्पन्न।
- डिबि तामाङ
- २३ माघ, २०८० ०९:१७
- 188 Views
नुवाकोट।
गत माघ २० गते बिदुर न.पा.१३ को वडा कार्यालय प्राङ्गण डेउडीमा बागेश्वरी प्रगतिशील युवा क्लब तथा हिमशिखा युवाक्लबको संयुक्त आयोजनामा (२८६० औं डुक-ल्हो) सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।
करिब अपरान्ह १ बजेदेखि औपचारिक रुपमा शक्ति माया तामाङले संचालन गरेको उक्त कार्यक्रममा बागेस्वरी प्रगतीशिल युवा क्लबका सचीव तथा कार्यक्रम व्यवस्थापक डीबी तामाङको स्वागत मन्तव्य पछि विधिवत रुपमा राष्ट्रियगान श्रवण तथा दीप प्रज्वलन गरी समुउद्घाटन गरिएको सांस्कृतिक कार्यक्रम बेलुकी ८ बजे नाचगान रमाइलो चलिनै रहेको थियो । बागेश्वरी प्रगतिशील युवा क्लबका अध्यक्ष प्रेम कु.तामाङको सभापतित्वमा, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय बहादुर सिंह लामाको प्रमुख आतिथ्यमा, विदुर नगरका प्रमुख राजन श्रेष्ठ, व्यवसायी तथा समाजसेवि संस्थाका प्रमुख सल्लाहकार, जितेन तामाङ लामाको विशिस्ट आतिथ्यतामा ऎतिहासिकपूर्ण कार्यक्रम सफल भएको छ।
प्रमुख अतिथि मन्त्री लामाले बिदुर नगर पालिका वडा नं १३ को बिकास निर्माण अन्तर्गत राईसिङ खुर्सानी, हर्कपुर,कल्याणपुर हुँदै देउराली गोगने जोड्ने सडक खन्डको बिस्तार तथा स्तरोन्नति साथै डेउडि स्वास्थ्य चौकी भवन जाने पक्की पुल निर्माणको लागि पनि बजेट सुनिश्चित भई टेन्डर आह्वान भैसकेको,त्यसैगरी सामरी खोला कागुनेको पक्कि पुलको डीपीआर भइरहेको थप अन्य विकास निर्माणकाकार्यहरुमा क्रमिकरुपमा जोड दिने प्रतिवद्धता जनाउनु हुँदै सामाजिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी पटकपटक प्रमुख अतिथिको निमन्त्रणा गरेकोमा आयोजकलाई धन्यवाद समेत दिनु भयो ।
तमु ल्होसार, माघि पर्व तथा आउँदै गरेको २८६० औं सोनाम ल्होछारको पावन अवसरमा नेपालको कला, धर्म, संस्कृति,भेषभुषाको संरक्षण तथा प्रवर्द्धन गर्नका साथसाथै समाजमा दिनहुँ बढ्दो डिप्रेसन/आत्माहत्या,हत्या,समाजिक हिंसा, झै झगडा जस्ता संबेदनसिल घटनाहरुको रोकथाम तथा न्यूनीकरण गर्न फाल्गुन १५ गतेदेखि यि दुई संस्थाले मनोरोग सम्बन्धि निशुल्क मनो परामर्श शिविर संचालन गर्ने मुख्य उदेश्यले आयोजित कार्यक्रममा बिशेष अतिथिहरु जि.स.स. उप-प्रमुख दल ब.तामाङ, नु.जि.का.स.घेदुङ अध्यक्ष बिर बहादुर तामाङ, (नु.ने.का.)गिता अम्मात्य, विनपा १३ का वडा अध्यक्ष भरत ब. तामाङ,बिदुर १३ का वडा सदस्यहरु तथा वडा कार्यालयका कर्मचारीहरु, जेष्ठ नागरिक समाजसेवी कुलामान सिंह तामाङ लगायतको विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु, शिक्षा,स्वास्थ, खेलकुद तथा विभिन्न तह-तप्कामा आबद्द सामाजिक ब्यक्तित्वहरु,लामा धर्म गुरुहरु, बोम्बो गुरुहरु,अतिथि कलाकारहरु, स्थानीय कलाकारहरु, पन्चकन्या तथा समारी क्ल्लाबारी डोजोका खेलाडीहरु साथै हजारौं दर्शक श्रोताको सहभागिता रहेको थियो ।
विशेषत: गुरुङ र मगर साथै तामाङ समुदायको भेष भूषा, कला, धर्म संस्कृति झल्काउने किसिमको सेलो तथा म्हेन्दो माया गीत तथा नृत्य बेजोडको प्रस्तुती, लामा नाच, बोम्बो (झाँक्री नाच) खेलाडीहरुको काटा प्रदर्शनी, स्थानीय विधायालयका कलाकारहरुको नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप सांस्कृतिक झल्किएको थियो। कार्यक्रम स्थलमा फुड, खेलौना बस्तुहर्को स्टलहरु समेत व्यवस्था रहेको थियो त्यसैगरी कार्यक्रममा हुल दंग नहोस भनेर नगर इलाका प्रहरी कोलोनी र सामरी प्रहरी चौकी बाट सुरक्षामा खटाईएको सुरक्षाकर्मीहरुले दिनैभर सुरक्षा दिएका थिए ।
आयोजकको तर्फबाट देश, बिदेशबाट आर्थिक,भौतिक, नैतिक हरेक तवरले सहयोग पुर्याउने सहयोगी दाताहरु, अतिथिगण, अतिथि कलाकारहरु, स्थानीय कलाकारहरु, सुरक्षा कर्मी, पत्रकार,खेलाडीहरु, स्वयंसेवकहरु, स्टल ब्यबस्थापक, साउन्ड सिस्टम Prinj Art बट्टार, अत्यन्तै कार्यक्रम संचालिका शक्ति माया तामाङ लाइ बिशेष धन्यवाद दिदै सभापती प्रेम प्रेम कुमार तामाङ ले कार्यक्रम समापन गरेका थिए।
उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि लगायत अन्य समाजसेवि तथा विभिन्न क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मानपत्रद्वारा सम्मानित भएका थिए।