नुवाकोटे राजकुमार बने नेपाल रोड रेसिङ नेशनल च्याम्पियनसिप–२०२३
- डिबि तामाङ
- १ कार्तिक, २०८० ११:४६
- 159 Views
नुवाकोट ।
काठमाडौंमा गत असोज २७ गते सम्पन्न भएको नेपाल रोड रेसिङ च्याम्पियनसिप–२०२३ कार्यक्रमलाई मोटर स्पोर्टस नेपाल क्लवले नासा नेपालसंगको सहकार्यमा आयोजना गरिएको कार्यक्रमलाई (यामाहा) मोटरसाइकलले प्रायोजन गरेको थियो।
प्रतियोगितमा राइडरहरुले विभिन्न बिधामा प्रतिस्पर्धा गरेका थिए भने नुवाकोटका चर्चित राईडर राजकुमार कार्की ले नेशनल तर्फ बिजयी बन्न सफल भएका हुन् । त्यसैगरी रितेश खत्री फस्र्ट रनरअप र सेकेन्ड रनर अपमा आशिक लामा बिजय भएका छन् । नेभीसतर्फ अभिनभ राज मल्ल बिजयी भएका छन भने फस्र्ट रनर अप बिक्रम तामाङ र सेकेन्ड रनर अप दिपेश नगरकोटी बने ।
त्यसैगरी प्रतियोगितामा महिलातर्फ मिङ्ग्मा डोल्मा तामाङ बिजीय बन्न सफल भईन भने फस्र्ट रनर अपमा वर्षा बस्नेत र सेकेन्ड रनरअप रोशनी भण्डारी बनिन् । बिजेताहरुले १५ हजार नगद पुरस्कार पाएका थिए भने फस्र्ट रनअपले १० हजार र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र र ट्रफी हात पारेका छन्।
नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर १३ खहरेमा जन्मिए राजधानीमा कर्म थलो बनाउदै आईरहेका अत्यन मिलनसार व्यक्ति सामाजिक कार्यहरुमा समेत हातेमालो गर्दै सहयोग गर्दै आईरहेका चर्चित राईडर राजकुमार कार्कीले यस अघि पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय रेस प्रतियोगिताहरुमा सहभागिता हुँदै नेपालको प्रतिनिधित्व गर्दै १० पटक बिजेता भईसकेका छन् । उनले आफ्नो प्रस्तुतिहरु आफ्नो You Tube च्यानल @rajkumarkarki46 मा समेत अपडेट गरिरहेका छन् ।
यस्तो थियो रेस प्रतियोगिता कृपया भिडियो हेर्न तल Click गर्नुहोस्