एनआरएनए असहाय बालबालिकाहरुको परियोजनालाई दिदिबहिनी समूह साउदीको सहयोग
पिटि अनलाईन न्यूज
- १ आश्विन, २०८० २२:३१
- 38 Views

दम्माम।
साउदी अरब जस्तो फरक संस्कार भएको देशमा सक्रिय नेपाली दिदीबहिनीहरुको समूह नेपाली दीदीबहिनी समूह साउदी अरबले एनआरएनए असहाय बालबालिकाहरुलाई ब्यवस्थापनको परियोजनालाई आर्थिक सहयोग गरेको छ।
ग़ैर आवासीय नेपाली संघ अंतराष्ट्रीय समन्वय परिषद अन्तर्गतको महिला विभागले सारेको १०० जना सड़क आश्रित असहाय बालबालिका हरु लाई ब्यवस्थापन को परियोजना सहयोगार्थ ( प्रति बच्चा मासिक ५००० को दरले वार्षिक ६०,००० को लागत पर्न जाने यस परियोजनामा सानो भए पनी सहयोग गर्ने अनुरूप ,गत ८ सेप्टम्वर २०२३ शुक्रबारको दिन दीदी बहिनी समूहद्वारा आयोजित तीज बिशेष कार्यक्रम लाई बिभिन्न सहयोग दाताहरु बाट प्राप्त सहयोग रक़म मध्येको केहि अंश कटाएर ने.रू अठार हज़ार नौ सय छब्बीस ( १८,९२६ .१५ ) सहयोग गरिएको एनआएएनए महिला उपाध्यक्ष यासमिन सैयद बेगमले जानकारी दिए।
सहयोग प्रदान गरेकोमा एनआरएनए महिला विभाग तथा ब्यक्तिगत तर्फ़बाट नेपाली दिदी बहिनी समूह साउदी अरबकी अध्यक्ष तुलसी माया गुरुङ तथा समूहलाई उपाध्यक्ष बेगमले हार्दिक आभार ब्यक्त गरेकी छिन्।
समुहले आयोजित तीज कार्यक्रममा साउदी अरेबिया जस्तो देशबाट एनआरएनएको महिला उपाध्यक्षमा निर्वाचित यासमिन सैयद बेगमलाई सम्मान गरिएको थियो।
साउदी रहनु भएका नेपाली चेलीहरुको राहत तथा उद्वार लगायत सामाजिक अभियानमा सक्रिय समुहले विभिन्न समय मानवीय लगायत आर्थिक सहयोग गर्दै आईरहेको छ। उक्त समुहमा साउदीमा सबै नेपालीको दिदी तुलसी माया गरुङ अध्यक्ष रहकी छिन् ।