गैदाखाल आधारभूत बिधालयमा नगरपालिका स्तरीय ५९ औ बालदिवस एवं तिज गीत प्रतियोगिता सम्पन्न
पिटि अनलाईन न्यूज
- ३० भाद्र, २०८० २२:१९
- 36 Views

युवराज पुन, सुनवल ।
नवलपरासीको गैदाखाल आधारभूत बिधालयमा सुनवल नगरपालिका स्तरीय ५९ औ बालदिवस एवं तिज गीत प्रतियोगिता सम्पन्न भएको छ।
मिति २०८० भाद्र २९ गते गैडाखाल आधारभूत बिधालय को अध्यक्ष जित बहादुर पुनको अध्यक्षतामा ,वडा सदस्य मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा ,सुनवल नगरपालिका शिक्षा साखा अधिकृत पशुपति भट्टराईको बिशिस्ठ आतिथ्यतामा र बिभिन्न संघ संस्थाहरुको प्रतिनिधिहरुको आतिथ्यतामा कार्यक्रम भएको छ।
प्रतियोगिता मा १३ विधालयका प्रतियोगीहरु सहभागी भएको थियो भने प्रतियोगिता निकै प्रतिस्प्रधी भएको थियो। प्रतियोगिताको निर्णायक मण्डलको संयोजक श्री महेन्द्र रेग्मी सदस्यमा दिपु परियार र राम प्रसाद ढकाल रहेका थिए |
निर्णायक मण्डलको निर्णय अनुसार २५१.५ अंक प्राप्त धन्यांचल मा बि प्रथम , ज्योति मा बि २४८ अंक प्राप्त गरेर दोस्रा , जनजागृत २४७ अंक प्राउत गरेर तेस्रो र गैदाखाल आधारभूत बिधालय २४६ अंक प्राप्त भए चौथो भयको थियो |
प्रतियोगितामा बिजयी प्रतियोगिहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामाग्री र प्रमाणपत्र प्रदान गतिएको छ।
कार्यक्रमको अवसरमा यस विद्यालय लाई सहयोग गर्ने सुनवल ४ निवासी बाबुराम सापकोटाले आफ्नो पिता टेकनाथ सापकोटाको पुण्य स्मृतिमा रु ५५ हजार अक्षय कोषमा जम्मा गरेका छन् साथै सुनवल माबी का शिक्षक चित्र बहादुर गुरुंगले विद्यालय स्टेशनरी र बेंकको लागि कपि र कलम हरु प्रदान गरेका छन् ।
कार्यक्रममा स्वागत मन्तब्य सहायक प्रधानाध्यापक सुर्य कुमारी श्रेष्ठले र कार्यक्रम संचालन प्रधानाध्यापक जगत प्रसाद पौडेलले गरेका थिए ।