नुवाकोटका २६ बर्षिय युवकको अकाल मृत्यु
रामचन्द्र तिम्सिना
- २८ भाद्र, २०८० २०:१०
- 36 Views

नुवाकोट/
जिल्लामा एक युवाको बीस सेवनबाट मृत्यु भएको छ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १३ हर्कपुरका २६ वर्षिय सुवास न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घरबाट हिजोदेखि वेपत्ता भएका उनको खोजी गर्ने क्रममा विदुर ७ को अधेरी खोलामा उनी चढ्ने मोटरसाईकल भेटिएको थियो। खोजी गर्ने क्रममा उनलाई विदुर नगरपालिकाको साउगाउँ पाण्डे थुम्का सामुदायिक वनमा अर्धचेत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उपचारको लागि त्रिशुली अस्पताल ल्याएपनि उनलाई चिकित्सकले मृत घोषित गरेका छन्। घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
उनको शव पोष्टर्माटमको लागि त्रिशुली अस्पतालमा राखिएको छ।
तपाईको प्रतिक्रिया