१४ हजार घुस सहित प्रधानाध्यापक अख्तियारको नियन्त्रणमा
रामचन्द्र तिम्सिना
- २६ भाद्र, २०८० १८:५५
- 38 Views

नुवाकोट /
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १४ हजार घुससहित प्रधानाध्यापकलाई नियन्त्रणमा लिएको छ।
अख्तियारको बुटवल कार्यालयले बर्दियाको सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो।
उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग साढे १४ हजार घुस लिएको अख्तियारले जनाएको छ।
उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।
तपाईको प्रतिक्रिया