नव दुर्गा स्मृति युवा समूह लुङ्ग्री १पाङ ऎपे रोल्पाले १७ औं बार्षिकोत्सव मनाउदै
पिटि अनलाईन न्यूज
- २५ भाद्र, २०८० ०२:२५
- 39 Views

रोल्पा।
जिल्लाको नव दुर्गा स्मृति युवा समूह लुङ्ग्री १पाङ ऎपे रोल्पाले १७ औं बार्षिकोत्सव मनाउने भएको छ।
“स्वच्छ समाज रुपान्तरण, बिकास र समृद्धको लागि युवाहरुको भूमिका” भन्ने मुल उद्देश्यका साथ स्थापित भएको युवा समूह लुङ्ग्री १ ऎपे रोल्पाले बिगतमा झैँ यो बर्ष पनि आफ्नो १७ औं बसन्तको उपलक्ष्यमा आफ्नो बार्षिकोत्सव मनाउने भएको हो।
समुहले मिति २०८० असोज ९ गते असोज पुर्णिमा मेलाको अवसर पारी खेलकुद तथा सास्कृतिक कार्यक्रम गर्ने भएको आयोजक उमान सिंह मगरले जानकारी दिए। मगरका अनुसार खेलमा साबिक गाबिसको वडा स्तरीय पुरुष भलिबल र महिला भलिबल प्रतियोगिता सहित विविध सास्कृतिक कार्यक्रम हुने भएको हो।
प्रतियोगिताको लागी निम्न लिखित पुरस्कार ब्यबस्थापन गरेको छ।
क- खुल्ला पुरुष भलिबल प्रतियोगिताको पुरस्कारहरु
१.प्रथम पुरस्कार रु- ३१,०००/- मेडल र प्रमाणपत्र
२.दृतिय पुरस्कार रु- २०,००/- मेडल र प्रमाणपत्र
३. तृतीय पुरस्कार रु- १२,०००/- मेडल र प्रमाणपत्र
४.सान्त्वना पुरस्कार रु-८,०००/- मेडल र प्रमाणपत्र
ख -खुल्ला महिला भलिबल प्रतियोगिताको पुरस्कारहरु
१.प्रथम पुरस्कार रु- १५,००० मेडल र प्रमाणपत्र
२.दृतिय पुरस्कार रु-१२,००० मेडल र प्रमाणपत्र
३.तृतीय पुरस्कार रु- ८,००० मेडल र प्रमाणपत्र
४.सान्त्वना पुरस्कार रु- ६,०००मेडल र प्रमाणपत्र
अन्य प्रतियोगिताहरु-
छेलो फाल्ने पुरस्कार रु- २,००० र प्रमाण
घैटाफोर प्रतियोगिता पुरस्कार रु- २,०००/-र प्रमाणपत्र
*एकल नित्य प्र.पुरस्कार रु- ३,००० र
दृतिय पुरस्कार रु- २,००० र प्रमाण
तृतीय पुरस्कार रु-१,००० र प्रमाणपत्र ।
प्रतियोगिता बारे थप जानकारीको लागि समूहका अध्यक्ष बादल घर्ती मगर सम्पर्क नम्बर -9848067690,
सचीव अनिल घर्ती मगर सम्पर्क नम्बर -9860843571
र खेल संयोजक प्रशान्त घर्ती मगर सम्पर्क नम्बर – 9862955062 गर्न सकिने समुहले बताएको छ।