साउदीमा दिदिबहिनीहरुले मनाए तीज रंगिन उत्सव
पिटि अनलाईन न्यूज
- २३ भाद्र, २०८० २०:१४
- 65 Views

डिबी बलामी मगर,दम्माम।
नेपाली महिलाहरूको महान चाड तीजको पावन अवसरमा शुभकामना आदानप्रदान गर्न नेपाली दिदीबहिनी समूह साउदी अरबले तिज रंगिन उत्सव भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।
शुक्रबार साउदीको पुर्बी क्षेत्र खोवरको होटल गल्फ दरबारमा आयोजकले अनुमान गरेको भन्दा बढी दर्शक उपस्थिति भएर कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा समुहका अध्यक्ष तुलसी माया गुरुङको सभापतित्वमा र नेपाली राजदूतावासका पुर्बी क्षेत्र प्रतिनिधि नारायण पासवानको प्रमुख आतिथ्यमा ,सक्रिय सामाजिक ,पारिवारिक तथा बैचारिक संघसंगठनका प्रतिनिधिहरु , विभिन्न जातीय संस्थामा आबद्ध प्रतिनिधिहरु लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनिय उपस्तिथि रहेको थियो भने गैर आवासिय नेपाली संघ अन्तर राष्ट्रिय समन्वय परिषदका महिला उपाध्यक्ष यासमिन सैयद बेगम , गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रविना अर्याल,निर्वतमान अध्यक्ष डम्बर यादव ,संरक्षक राजु सैयद ,आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष खेम बहादुर गुरुङ, तमू धिं नेपाल प्रवास शाखाका कोपाध्यक्ष राम बहादुर गुरुङ , नेपाल मगर संघ शाखाका का . ब . अध्यक्ष बम बहादुर थापा मगर,किराँत राई यायोक्खा शाखाका अध्यक्ष चित्र कुमार चाम्लिङ्ग राई , प्रवासी नेपाली मञ्चका महासचिव याम लामा बमजन, नेपाली साझा मंचका अध्यक्ष अन्जान गुभाजु,आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषदका सल्लाहकार ओम घले ,आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषदका प्रमूख सल्लाहकार बिरेन्द्र चौधरी, प्रवासी नेपाली एकता समाज ( पानस ) का अध्यक्ष कुबेर हुमागाई , नेपाल तामाङ घेदुङ पुर्वी क्षेत्र दमामका अध्यक्ष विजय लामा , युवा कुमाल समाजका अध्यक्ष ओम बहादुर कुमाल , नेवा समाजका रोशन श्रेष्ठ,अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका उपाध्यक्ष भिम बुढा मगर ,सुदूरपश्चिमेली नेपाली समाजका पदम महत,प्रवासी नेपाली मन्चका लाल ब मोक्तान ,एनआरएनएन दम्माम आरसिसीका अध्यक्ष बिष्णु भन्डारी,हेल्प मधेसी साउदीका अध्यक्ष राम दुलार मन्डल ,एनआरटिसिएनका अध्यक्ष देवी प्र खतिवडा,एकीकृत बिस्वकर्मा समाजका अध्यक्ष अर्जुन बिस्वकर्मा,मोरङ सुनसरी समाजका जयन्ती लिम्बू,किरात याक्थुम चुमलुङको मोती चेमजोङ ,नेपाली ट्राभलका रमेश श्रेष्ठ ,तमु धी रियादका मनकाजी तमु , समाजसेवीहरु होम ब थापा , डिबि थापा ,ठाकुर प्र शर्मा ,जीवन लुइँटेल ,बिपिन झाक्री ,धन झाक्री ,नेपाली नर्स इन्दिरा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा राममाया तामाङ, ओम घले , बम ब थापा,रबिना अर्याल, यासमिन बेगम, खेम तमु लगायतले तीजको शुभकामना ब्यक्त गरेका छन् । निर्धारित समय भन्दा केही ढिलो शुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य र सांस्कृतिक कार्यक्रम गरि २ भागमा बिभाजन गरिएको थियोे ।
कार्यक्रममा साउदीमा कार्यरत स्थानीय कलाकारहरुले तीज विशेष नृत्य तथा नाचगानले भरोपुर मनोरञ्जन दिएका थिए। कलाकार दिब्या र दिक्षाको प्रस्तुतिलाई दर्शकहरुले अधिक रुचाएको थियो।
कार्यक्रमको बीचमा गत बर्ष तथा यो बर्ष कार्यक्रम सफलता पुर्वक संचालन गर्न सहयोगी भुमिका निर्वाह गर्ने सामाजिक संघसंगठन तथा ब्यक्तित्वहरु लाई सम्मान पत्रले सम्मान गरिएको थियोे। सम्मानीत हुने संघसंगठन तथा ब्यक्तिहरु
फरक संस्कार रहेको साउदी अरबमा नेपाली संस्कारको पर्व तीजको अबसरमा साउदीमा रहनु भएका सम्पुर्ण चेलीहरुलाई सु स्वास्थ्य ,प्रगति तथा वैदेशिक रोजगारीमा उच्च सफलताको शुभ कामना दूतावासको तर्फवाट प्रमुख अथिती नारायण पासवानले गर्नु भएको थियोे।
पछिल्लो समय साउदीमा महिला श्रमिकहरु बढे संगै महिलाहरुलाई सुसूचित गर्न गठन गरिएको दिदिबहिनी समूहद्वारा आयोजित कार्यक्रममा उल्लेखनीय दाजुभाइहरु उपस्थिति रहेको थियो। कार्यक्रम सफल आयोजना गर्न विभिन्न सहयोग गर्नुहुने दाजुभाइ तथा दिदीबहिनी , संघसंगठन, सहभागी भएर कार्यक्रमको शोभा बढाउने सम्पूर्णमा सभापति तुलसी गुरुङले हार्दिक आभार ब्यक्त गरेका छन् । दाजुभाइ तथा दिदीबहिनीहरु साथ र सहयोग देखेर खुशी हुँदै कुन कारण बश गल्ती भएमा गुरुङले माफी मागेकि छन् ।