भदौ २८ गते डेउडीमा तीज विशेष कार्यक्रम हुने
- डिबि तामाङ
- २३ भाद्र, २०८० २०:०५
- 90 Views
नुवाकोट।
विदुर नगरपालिका-उप प्रमुख प्रभा बोगटीको प्रमुख आतिथ्यमा बिनपा वडा नं १३ को वडा कार्यालय भवनको प्राङ्गणमा भदौ २८ गते विहीबारको दिन शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम -२०८० को तीव्र तयारी भईरहेको छ ।
विशेषत: सनातन हिन्दु नारीहरुको महत्वपुर्ण दिन, धार्मिक, सभ्यता, आस्था र बिश्वास पवित्र सम्बन्धसंग प्रत्यक्ष जोडिए, र माईतिघर अनि चेलीहरुको मिलन गराउने एक महत्वपूर्ण चाडको रुपमा मानिदै आएको इतिहास हामीले पढ्ने सुन्ने गरेका छौं, व्याख्या गर्ने तरिका फरक-फरक भएपनी सम्क्षिप्तमा माता पार्वतीले शिवजी वरको रुपमा प्राप्त गरौँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ तसर्थ, महिला हरु तीजमा रातो रंगीबिरंगी साडी र चुरापोते अनि गरगहनाले छपक्क सिंगारिएर तीजका बरी लै भाकामा नाच्ने गाउने गरिन्छ, स्वच्छ भई आफ्नो हुने वाला जीवन साथी असल परोस भनेर अथवा आफ्नो श्रीमनको दिर्घायु र मनोकामना पुरा होस भनी व्रत बस्ने तीजको चलन रही आएको जनविश्वास छ यद्यपी अहिले समाजमा तीज आधुनिकीकरण भएर समाजमा तडकभडक गरी मनाउने विकृती पनि बढेको छ ।
यसै सन्दर्भमा तीजको झल्को मेटाउने गरी डेउडीमा पनि पहिलोपटक बिदुर नपा वडा नं १३ को आयोजना तथा बागेश्वरी प्रगतिशील युवा क्लबको सह-आयोजनामा संयुत्त रुपमा हरितालिका तीज २०८० विशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम आयोजना गर्न गैरहेकोले पायक पर्ने सम्पूर्ण आमाहरु,दिदीबहिनीहरु,सामाजिक व्यक्तिहरु,मिडियाकर्मीहरु सबैलाई उपस्थित भई नाचगान तथा शुभकामना आदानप्रदान गर्न कार्यक्रम संयोजक एवं वडाका महिला सदस्य मन माया तामाङले निमन्त्रणा गरिन्।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगीसकेको र युवा क्लबको सहकार्यमा आयोजित महत्वपुर्ण कार्यक्रमले समााजमा नारी र पुरूष बीचको लैंगिक सामान्तर आपासी,बिश्वास र सद्भाव प्रगाड हुने बिश्वास रहेको बताउदै सम्पुर्णलाई उपस्थित हुन वडा अध्यक्ष भरत ब तामाङले अनुरोध गरेका छन् ।
कार्यक्रम बारे थप जानकरी
मिति : २०८० भदौ २८ गते विहिबार
समय : बिहान ११:०० बजे
स्थान : बिदुर नपा १३ को वडा कार्यालय भवन डेउडी