रिलायबल नेपाल लाईफ इन्स्योरेन्स नुवाकोटद्वारा पाठ्य सामाग्री वितरण
पिटि अनलाईन न्यूज
- २३ भाद्र, २०८० ०८:२४
- 64 Views

नुवाकोट।
तारकेश्वर गाउँपालिका – वडा नं. १ स्थित श्री दाङसिङ माविमा अध्यनरत ३७ जना विधार्थीहरुलाई रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि. नुवाकोट शाखाले कम्पनीको छैठौं वार्षिक उत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उक्त पाठ्य सामाग्री वितरण गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरु: विद्यालयका (प्र. अ.) हरी प्रसाद अधिकारी, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लि. नुवाकोट शाखाका ब्रान्च मेनेजर पन्च बा तामाङ, क्रमश सिनियर एजेन्सी मेनेजरहरु: रोनिस लामा तामाङ, आषिस लोप्चन तामाङ, रेन्छेन तामाङ लगायत अन्य व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।
रिलायबलले विशेष गरी उक्त विद्यालयमा कक्षा १ देखि १० मा अध्ययनरत आर्थिक पारिवारिक अवस्था कम्जोर भएका, जेहेन्दार तथा टुहुरा गरी जम्मा ३७ जना विधार्थीहरु लाई अति आवश्यक पर्ने पाठ्य सामग्रीहरु सहयोग हस्तानरण गरेको रिलायबल नुवाकोट ब्रान्चका सिनियर एजेन्सी रोनिस लामा तामाङले जानकारी गराए ।