सुनवलमा बृहत मौलिक तिज गीत २०८० कार्यक्रम सम्पन्न
पिटि अनलाईन न्यूज
- १८ भाद्र, २०८० २०:०३
- 44 Views

पश्चिम नवलपरासी।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले बृहत मौलिक तिज गीत २०८० कार्यक्रम सम्पन्न गरेको छ।
जिल्लाको सुनवल १३ बडेरो चोक आयोजित कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती नवलपरासिकी अध्यक्ष श्याम कला भन्डारिको अध्यक्षतामा प्रमुख अतिथी नगर उप प्रमुख सुर्य दुबेको आतिथ्यमा र लुम्बिनी प्रदेश कार्यसमिती को अध्यक्ष दिपु मगरको बिशेश आतिथ्यतामा प्रतिष्ठानको साधरण सभा सम्पन्न भएको छ।
कार्यक्रमको बृहत मौलिक तिज गीत २०८० सास्कृतिक कार्यक्रम नगर प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा राष्ट्रिय कलाकर तथा स्थानीय आमा समूह र विभिन्न स्थानिय कलाकरहरुको प्रस्तुतिम्स बृहत मौलिक तिज कार्यक्रम सम्पन्न भएको छ।
प्रतिष्ठानको उपाध्यक्ष भुपराज नेउपानेले स्वागत मन्तब्य शुभकामना मन्तब्य र कार्यक्रम संयोजक तारा सुनारले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सन्चालन योगेश बस्याल र शर्मिला अर्यालले गरेका थिए।