नवलपरासी समाज युएईद्वारा बिरामीहरुलाई आर्थिक सहयोग
पिटि अनलाईन न्यूज
- १७ भाद्र, २०८० ०९:०६
- 32 Views

सुनवल।
नवलपरासी सेवा समाज युएईद्वारा विभिन्न रोगबाट पिडित बिरामीहरुलाई आर्थिक सहयोग गरेको छ।
समाजले शनिवार आर्थिक अभावले उपचारमा कठिनाइ भै उपचारमा समस्यामा परेक ३ जना बिरामीहरुलाई उपचारको लागि आर्थिक हस्तान्तरण गरेको हो।
समाजले श्री कोटहि देवी सामुदायिक बन उपभोक्ता समुह सुनवल ११ जर्गाहाको हलमा एक कार्यक्रम गरी सुनवल ११ धुर्कोट फेदीका नरेश कुमार रानाको १० बर्षको छोरा ब्लड क्यान्सर पिडित शिशिर राना मगर, जर्गाहा का प्रेम बहादुर थापाको श्रीमती ३६ बर्षीय स्तन क्यान्सर पिडित रुपा राना मगर, सुनवल १२ को ४८ बर्षीय दुवै मृगौला फेल भएको र डाइलोसिस चलिरहेको कमल बहादुर क्षेत्री लाइ उपचारार्थ जनही ३१ हजार रुपैया हस्तान्तरण
गरेको छ।
समाजको संस्थापक अध्यक्ष् मित्रलाल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ नगर समितिको उपाध्यक्ष्य कुल बहादुर राना ,सुनवल प्रेस क्लबका अध्यक्ष रमेश कुमार भुसाल मन्तब्य राखेका थिए।
मन्तब्य राख्ने क्रममा कोटाही देबी सामुदायिक बन उपभोक्ता समुहको अध्यक्ष इश्वरी आचार्यले समाजले दिएको सहयोग लाइ निरन्तरता दिन आग्रह गर्दै बन उपभोक्ता समूहबाट पनि बन ऐन बाट गर्न मिल्ने आफ्नो उपभोक्ता लाइ सहयोग अवस्य गर्ने जानकारी दिए।
कार्यक्रममा बिरामीको तर्फबाट शिशिर राना मगरको बुबा नरेश रानाले सहयोग पाएकोमा खुशी व्यक्त गर्दै नवलपरासी सेवा समाज परिवार लाइ धन्यबाद दिए।
समाजले स्थापना काल देखि यस्तै असक्त बिरामी हरुलाई बिपन्न बिधार्थीहरु लाइ सहयोग गर्ने बिधालय हरुमा अक्षय कोष खोल्ने र वृद्वाश्रमहरुमा सहयोग गर्दै आएको छ |
कार्यक्रममा स्वागत मन्तब्य संस्थाको निबर्तमान अध्यक्ष कोष प्रसाद नेउपानले राखेका थिए भने कार्यक्रम संचालन समाजका नेपाल प्रतिनिधि युबराज पुनले गरेका थिए ।