कतार घेदुङको अध्यक्षमा नुवाकोटका विकास लामा
- डिबि तामाङ
- १६ भाद्र, २०८० १७:१७
- 190 Views
कतार ।
नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारकाे हिजो १ सेप्टेम्बरका दिन अलअलातिया स्थित फुलबारी रेष्टुरेन्टकाे सभाहलमा भब्य रुपमा सम्पन्न भएको तेस्राे अधिवेसन बाट विकास लामाको अध्यक्षतामा ३१ सदस्यीयको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ भने अझै सदस्यमा थप मनोनित हुन बाँकी रहेको बताएको छ ।
संस्थाकाे अध्यक्ष ईन्द्र बहादुर तामाङकाे सभापतित्वमा, नेपाल तामाङ घेदुङ, संघीय अध्यक्ष माेहन कुमार गाेले तामाङकाे प्रमुख आतिथ्यतामा सम्पन्न गरेको अधिवेशनमा विधिवत २०२३ का निर्वाचन समितिका संयोजक संस्थाका प्रमुख सल्हाकार एक्का प्रसाद तामाङ (योगेन्द्र), सदस्यहरुमा सम्रक्षक कतार घेदुङका इन्चार्ज बिनेस तामाङ, संस्थाका सल्हाकार दिपेन्द्र लामा त्यसैगरी पर्यवेक्षकमा संघीय समितिका अध्यक्ष माेहन गाेले तामाङ, कोषाध्यक्ष रुप बहादुर याेन्जनको टिमले अत्यन्तै पारादर्शी ढंगले निर्वाचन सम्पन्न गरेका थिए ।
कार्यकाल (२०२३-२०२५) को नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरु:-
१. अध्यक्ष : विकास लामा
२. सह-अध्यक्ष : वाङ्ज्यु लामा
३. वरिष्ठ उपाध्यक्ष : कुमारी बेली गाेले तामाङ (सबिता)
४. उपाध्यक्ष : सनक बम्जन तामाङ
५. उपाध्यक्ष : फुर्वा तामाङ
६. उपाध्यक्ष : हिरे तामाङ
७. महिला उपाध्यक्ष : विन्दा कुमारी तामाङ
८. महासचिव : भिमराज स्याङबाे तामाङ
९. उपमहासचिव : कमला दाेङ तामाङ
१०. सचिव : विनय लामा
११. सचिव : पूर्णमान तामाङ
१२ . काेषाध्यक्ष: टीका राम तामाङ
१३ . सह-काेषाध्यक्ष : रविन्द्र स्याङ्बाे
१४. पदेन सदस्य : सुर्जे बहादुर तामाङ
१५. पदेन सदस्य : राम पाख्रीन तामाङ
१६. पदेन सदस्य : रुद्रप्रसाद तामाङ
१७. पदेन सदस्य : सिंग बहादुर (सिजन) तामाङ
१८. पदेन सदस्य : सुमि घिसिङ तामाङ
१९. कार्यसमिति सदस्य : शर्मिला तामाङ
२०. कार्यसमिति सदस्य : काले गाेले (राजु) तामाङ
२१. कार्यसमिति सदस्य : श्रीराम माेक्तान तामाङ
२२. कार्यसमिति सदस्य : वीर बहादुर तामाङ
२३ . कार्यसमिति सदस्य : आईती (सम्झाना) तामाङ
२४ कार्यसमिति सदस्य : आलिक बम्जन तामाङ
२५. कार्यसमिति सदस्य : वुद्वि बहादुर तामाङ
२६. कार्यसमिति सदस्य : शुक्र तामाङ
२७. कार्यसमिति सदस्य : पिपलाल तामाङ
२८. कार्यसमिति सदस्य : शंकराम तामाङ
२९ . कार्यसमिति सदस्य : मृर्गालाल तामाङ
३०. कार्यसमिति सदस्य : झन लक्ष्मी तामाङ
३१. कार्यसमिति सदस्य : लाले तामाङ
विशिष्ट अतिथि नेपाल घेदुङ, संघीय काेषाध्यक्ष तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको संचालक परिषद सदस्य रुप बहादुर याेन्जन तामाङ, विशेष व्यक्तित्वहरु गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु, सदस्य तेज कटुवाल, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट, समाजसेवी व्यक्तित्वहरु, कमलमणि गुराँगाई, सागर नेपाल, चानक पाेखरेल,जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर कुमार परियार, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी , नेपाली जनप्रगतिशिल मञ्च कतारका अध्यक्ष बुद्वि प्रसाद भण्डारी, प्रवासी नेपाली एकता मञ्च कतारका उपाध्यक्ष गणेश ढकाल कतार, नेपाली एकता समाजकाे अध्यक्ष राम प्रसाद पराजुली , संघीय लिम्बुवान समाजिक मञ्च कतारका अध्यक्ष रेखा राई, नेपाली महिला समाजका अध्यक्ष सरिता पाैडेल भण्डारी, प्रदेश समितिका अध्यक्ष तथा प्रतिनिधिहरु दलित एकता संजाल ,राष्ट्रिय समिति कतारका अध्यक्ष किरण परियार, जनजाति महासंघ कतारका काेषाध्यक्ष तेन्जी शेर्पा, तमु प्हे ल्हु संघ कतारका अध्यक्ष चन्द्र गुरुङ,लगायत अन्य विभिन्न मातृ संस्थाका प्रतिनिधिहरु, राष्ट्रिय लाेकदाेहारी प्रतिष्ठान शाखा कतारका अध्यक्ष शिवराम ढकाल लगायत अन्य संस्थाका प्रतिनिधिहरु, कलाकार ,पत्रकार, घेदुङका आजीवन सदस्यहरुको बाक्लो उपस्थिति रहेका थिए ।
नेपाल तामाङ घेदुङद्वारा संचालन गरेको “ग्रेन गे धिम खरिद” अर्थात नेपाल तामाङ घेदुङको भवन निर्माण गर्न अभियान अन्तर्गत सहकार्य गर्दै कतार घेदुङको कार्यसमिति महिला उपाध्यक्ष सबिता गोलेको संयोजकत्वमा अभियान संचालन गरी कतारमा कार्यरत घेदुङका आजीवन सदस्य तथा अन्य दाजुभाई तथा दिदीबहिनीहरु बाट संकलित रकम बिभिन्न चरणमा गरी जम्मा रु, ११ लाख रुपैंयाँ चेक उक्त कार्यक्रमको बीच संघीय अध्यक्ष मोहन गोले लाई सहयोग हस्तान्तरण गरिएको थियो ।
प्रमुख अतिथि मोहन गोलेले कार्यक्रमलाई सम्बोधन गर्दै १. ग्रेन गे धिम २. तामाङ भाषा संस्कार संस्कृति ३. तामसालिङ संघर्ष समिति गठन बारेमा आफ्नो धारणा राखेका थिए यसै क्रममा कतार घेदुङले गरेका कार्यहरुको खुलेर प्रसंसा समेत गरेका छन् । साथै कतारमा रहेका तामाङ समुदायका केहि असन्तुष्टि साथीहरु लाई समेत समायोजना गरेर लानुपर्ने, वार्तामा बोलाउदा समेत नआउने गरेको र वार्ता बाटै समस्या सुल्झाउनु पर्ने र मिल्नु एकजुट हुनुको बिकल्प नरहेको बताउदै “नाच, गान गर्नमा तामाङले जिती सके राजनीतिमा मात्रै हारेका हुन अब राजनीतिक क्रान्ति गर्नु पर्नेमा जोड दिए ।
नव निर्वाचित अध्यक्ष विकास लामा तथा निवर्तमान अध्यक्ष इन्द्र बहादुर तामाङले अधिवेशनलाई सफल पार्न विभिन्न तवरले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरेकोमा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारका शुभेच्छुक तथा शुभचिन्तकहरु, निवर्तमान कार्यसमितिका पदाधिकारी तथा आजिवन सदस्यहरुमा हार्दिक धन्यवाद सहित कृतज्ञता व्यक्त गरेका छन्।
नव निर्वाचित अध्यक्ष लामाले सन् (२०१९- २०२१) कार्यकालमा संस्थापक सचिव (२०२१-२०२३) कार्यकालमा महासचिवको कार्यभार समाल्दै अन्य संघ संस्थामा समेत आवद्ध रही सामाजीक कार्यमा लामो अनुभव बटुलिसकेका छन् त्यसैगरी सन् २०१८ मा कतारमा स्थापित यस संस्थाले छोटो समयमा नै फड्को मारिसकेका छन् भने हाल सम्मको डेटा अनुसार ३१२ जनाले आजीवन सदस्यता लिइसकेको छ ।
उक्त कार्यक्रममा