मोहन गोलेको प्रमुख आतिथ्यमा भोलि प्रवास घेदुङ कतारको तेस्रो अधिवेशन
पिटि अनलाईन न्यूज
- १४ भाद्र, २०८० ११:१४
- 79 Views

दोहा कतार ।
नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको तेस्रो अधिवेसन-२०२३ लाई ऐतिहासिक रुपमा सफलता बनाउन प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङका केन्द्रिय समितीका अध्यक्ष मोहन गोले तामाङ र विशिष्ट अतिथि केन्द्रीय समिति कोषाध्यक्ष तथा आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान सञ्चालक परिषद सदस्य रुप बहादुर याेन्जन तामाङ,हिजै दोहा कतारमा अवतरण गरिसकेका छन् ।

सन् २०१८ मा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै आफ्नो समुदायको भाषा, धर्म, लिपि, भेषभुषा, कला संस्कार, संस्कृतिको जगेर्ना गर्दै आफ्नो देश तथा परदेशमा आपत विपत्त परेकोको बेलामा मानवीय सहयोग सहकार्य गर्दै प्रवास कतारमा संगठित बिभिन्न संघसंस्थाहरु संग भाईचाराको समबन्ध प्रगाड रहेको तामाङ समुदायको एक मात्र राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङकाे पहिलाे प्रवास शाखा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति कतारकाे तेस्राे ऐतिहासिक अधिवेशन- २०२३ लाई सफलता पार्न सबै व्यवस्थापन तयारी भईसकेको संस्थाका महासचिव विकाश लामाले हामीलाई जानकारी गराए ।
महासचिव लामा साथै अध्यक्ष इन्द्र बहादुर तामाङले भोलि हुने कार्यक्रममा कतारमा स्थापित विभिन्न वैचारिक, जातीय , साहित्यक, जिल्ला संस्थाका प्रमुख, तथा प्रतिनिधिहरु, कलाकार , पत्रकार, समाजसेवी तथा बुद्धिजीवीह्रु साथै कतारमा कर्मथलो बनाउदै आईरहेका घेदुङका आम आजीवन सदस्यहरु, तथा शुभचिन्तकहरुलाई उपस्थितिका लागि आयोजकको तर्फबाट सादर अनुरोध गरेका छन् ।
कतारमा यस संस्थाको स्वामित्वमा यी ५ वटा भातृसंगठनहरु सक्रियता रहेको छ ।
१. नेपाल तामाङ संस्कृति घेदुङ, प्रवास कार्यसमिति कतार
२. नेपाल तामाङ ताम्बा घेदुङ, प्रवास कार्यसमिति कतार
३. नेपाल तामाङ लामा घेदुङ, प्रवास कार्यसमिति कतार
४. नेपाल तामाङ युवा घेदुङ, प्रवास कार्यसमिति कतार
५. नेपाल तामाङ महिला घेदुङ, प्रवास कार्यसमिति कतार
कार्यक्रम बारे थप जानकारी:-
मिति: १ सेप्टेम्बर २०२३( शुक्रबार)
समय : बिहान १०:०० देखि
स्थान : फुलबारी रेष्टुरेन्ट अलअतिया ,सनैया ।