पाकिस्तानले नेपाललाई दियो ३ सय ४३ रनको विशाल लक्ष्य
- रामचन्द्र तिम्सिना
- १३ भाद्र, २०८० १९:२९
- 94 Views
काठमाडौ /
कप्तान बाबर आजम र इफितखार अहमदको विष्फोटक ब्याटिङमा एसिया कपमा पाकिस्तानले नेपालसामु ३ सय ४३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
मुलतान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको घरेलु टोली पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रनको योगफल तयार पारेको हो। नेपालले ओडिआइमा पाएको यो सबैभन्दा विशाल लक्ष्य हो।
पाँचौं विकेटका लागि कप्तान बाबर र अहमदले २ सय १४ रनको साझेदारी गरेपछि नेपालसामु विशाल योगफल तयार पारेको हो।
बाबरले १३१ बलमा १४ चौका र ४ छक्का हान्दै १ सय ५१ रन बनाउँदा सोमपाल कामीको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। बाबरले नेपालविरुद्ध आडिआइ करियरको १९ औं शतक पूरा गरे।
ओडीआई वरीयताको शीर्ष टोली पाकिस्तान सामु कमजोर फिल्डिङ गरेको नेपालले मध्यम सुरुआत गरेपनि साझेदारी तोड्न नसक्दा दबाबमा आएको थियो।
नेपालका ललित राजवंशीले आफ्नो स्पेलमा ४८ रन दिए। सन्दीप लामिछानेले १० ओभरमा ६९ रन खर्चेर एक विकेट लिए। सोमपाल कामीले १० ओभरमा १ मेडन राख्दै ८५ रन दिदा २ विकेट लिए।
गुलसन झाले ४ ओभरमा ३५ र कुशल भुर्तेलले १ ओभरमा १० रन खर्चिन पुगे। दिपेन्द्र सिंह ऐरिले ६ ओभरमा ४० रन दिदा करण केसीले ९ ओभरमा ५४ रन दिएर १ विकेट आफ्नो नाममा गरे।