तामाङ र मगर समुदायमाथि प्रहरी बल प्रयोगको विषयमा छानबिन हुँदै
- डिबि तामाङ
- २५ श्रावण, २०८० ०८:२४
- 305 Views
काठमाडौं ।
शान्तिपूर्ण विरोध कार्यक्रममा उत्रेका तामाङ र मगर समुदाय माथि गत साउनको १७ गते प्रहरीले स्थितिलाई नियन्त्रणमा राख्न हिरासतमा राखी आन्दोनलकारीलाई यातना दिएको बल प्रयोग गरिएको विषयमा छानबिन गर्न समिति गठन गरेका छन्।
अधिवक्ता भगवती पाण्डेले गत साउन ०७ गते प्राईम टेलिभिजनमा एक अन्तर्वार्तामा घुमाउरो पाराले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनि बीचमा विवाह गरिने प्रथा रहेको र तिनीहरुबाट जन्मिएको बच्चाहरु कट्टरवादी, एकोहोरो र अपराधि हुने भनेर उनले तथ्यहीन आपत्तिजनक विवास्पद अभिव्यक्ति दिएपछि तामाङ, मगर, अन्य जनजाति समुदायको संस्कार, संस्कृतिमा आत्मसम्मान, प्रतिष्ठानमा आघात चोट पुगेको भन्दै आक्रोशित बनेका यी समुदायहरु बाट देशैभर व्यापक विरोध प्रदर्शन गरी अधिवक्ता भगवती पाण्डे लाई कारबाहीको माग गर्दै प्रहरी परिसर टेकुमा धर्नामा बसेका वेला तामाङ र मगर समुदायमाथि अमर्यादित बल प्रयोग भएको बिभिन्न सामाजिक संजालमा छाएको थियो ।
समितिलाई बिरोध प्रदर्शन हुँदा स्थितिलाई नियन्त्रण राख्ने क्रममा भएको सम्बन्धमा सत्यतथ्य छानबिन गरी १० दिन भित्र प्रतिवेदन पेस गर्न सरकारले पाँच सदस्यीय छानबिन समिति गठन गरेको गृह मन्त्रालयका प्रवक्ता,सहसचिव नारायणप्रसाद भट्टराईले हिजो एक विज्ञप्ति जारी गर्दै गृहका उपसचिव राम बहादुर शाहीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जनाएका छन्, समितिमा जिल्ला प्रशासन कार्यालय, काठमाडौं, उपत्यका प्रहरी कार्यालय र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधि सदस्य छन् ।
गृह मन्त्रालयको विज्ञप्ति यस्तो रहेको छ ।