जितेन तामाङद्वारा अभिनित प्यासी मन रिलिज
पिटि अनलाईन न्यूज
- २४ श्रावण, २०८० १८:४९
- 73 Views

काठमाडौं ।
कलाकार तथा युवा नेता, व्यवसायी जितेन तामाङ लामा र कलाकार जेनी थिङ तामाङको बेजोड प्रस्तुति रहेको अत्यन्तै रोमान्चक म्युजिक भिडियो “प्यासी मन” हालै मात्रै श्रीराज इन्टरट्रेनमेन्टको अफिसियल युट्युब च्यानलमा सार्वजनिक गरेको हो।
ए लेभल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको एल्बममा मिन सागर लामा को शब्द संकलन रहेको छन भने स्वर तथा लय राजेश थपलिया र जेनी थिङ तामाङको समधुर स्वरमा सजिएको उक्त मिठो गीतको एरेन्ज भने संजय हमालले गरेका हुन्।
त्यसैगरी राजिव बलामीको निर्देशन तथा गिरी विश्वकर्मको सह-निर्देशनमा काठमाडौं भ्याली बाहिर धुलिखेल, दोलालघाट चमेरो गुफा, लगायतका विभिन्न रमणीय स्थलहरुमा छयांकन रहेको उक्त म्युजिक भिडियोमा मनोरम दृश्यहरु समिटिएको देख्न सकिनेछ ।
जितेन तामाङ लामा
कलाकार तथा सफल व्यवसायी, राजनीतिज्ञ एवं समाजसेवी जितेन तामाङ लामा नुवाकोट जिल्ला बिदुर नपा १३ जन्मघर भई हाल राजधानीमा कर्मथलो बनाउदै व्यवसायी संगै राजनीति अनि कलाकारिता क्षेत्रमा समेत समयानुकूल व्यस्त भईरहेका छन, उनि नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ का कोषाध्यक्ष हुन भने राम्रो छबि भएको उदयमान युवा नेताको रुपमा परिचित छन् ।