बाँचेपनी पिर भो मरेपनी पिर भो !
रामचन्द्र तिम्सिना
- २९ असार, २०८० १५:४७
- 116 Views

बाँचे पनि त पिर भाे मरे पनि त पिर भाे
हाँसे पनि त पिर भाे झरे पनि त पिर भाे।
याे पिरकाे सँसारमा केही गरे छैन सु:ख
अमृतकाे छेउ दिल परे पनि त पिर भाे।
डाहले जल्छ काेही किन यहाँ कसैकाे अघि
कसैले खुसिमा केही गरे पनि त पिर भाे।
आजलाई छैन केही भाेलिलाई के हुने हाे
विहानि त्यो मुर्छे पछि भरे पनि त पिर भाे।
काे मुस्कुराउँछ यहाँ चाेटकाे अगाडि आई
चाेटै चाेटले आँखा हाे तरे पनि त पिर भाे।
भगवती खनाल ‘सुनाखरी’
नुवाकोट
तपाईको प्रतिक्रिया