एनआरएनए ताबुक,साउदीले जुन ३० मा भलिबल प्रतियोगिता आयोजना गर्दै
पिटि अनलाईन न्यूज
- २९ जेष्ठ, २०८० ०३:४०
- 96 Views

ताबुक,साउदी।
गैर आवसिय नेपाली संघ (एनआरएनए)क्षेत्रीय समन्वय समिति ताबुकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बक्रर ईदको उपलक्ष्यमा भलिबल तथा बिबिध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
क्षेत्रीय समन्वय समिति ताबुकले ३० तारिक शुक्रबारका दिन बिहान ८ बजे देखि ६ बजे सम्मा मदिना रोड ,ताबुकमा कार्यक्रम आयोजना गरिने एनआरएनएकर्मी देवी बहादुर सुतार कार्कीले जानकारी दिए।
कार्की अनुसार भलिबल खेल सांस्कृतिक कार्यक्रमको लागि टिम दर्ता गर्नको लागि सम्पर्क गर्न समेत अनुरोध गरेको छ।
कार्यक्रममा खेलाडी तथा खेल प्रेमि साथिहरू, गैर आवासीय नेपाली संघको सबै संरचना र समितिहरूमा आवद्ध वर्तमान तथा भुतपूर्व पदाधिकारिहरू, पञ्जिकृत सदस्यहरू शुभ भचिन्तकहरू लगायत साउदी अरबमा रहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा उपस्थितको लागि समितिले अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया