साउदी जान शैक्षिक योग्यताको प्रमाणीकरण अनिवार्य: अण्डर एसएलसी अन्यौलमा
रामचन्द्र तिम्सिना
- २६ जेष्ठ, २०८० ०६:०७
- 44 Views

काठमाडौ /
अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ। नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न निर्देशन दिएको हो।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार यो व्यवस्थाले एसईई वा सोही तहका अन्य शैक्षिक कोर्सभन्दा कम योग्यता भएका श्रमिकले साउदीको भिसाका लागि आवेदन नै दिन नपाउने अवस्था बन्नेछ। यसले एसईई वा सो सरह उत्तीर्ण नभए पनि साउदी जाने तयारीमा रहेका श्रमिकहरु अन्योलमा परेका छन्।
‘एसईई वा एसएलसीभन्दा तलका कक्षामा उत्तीर्ण भएको विद्यालयको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न कुनै सरकारी नियका छैनन्, उनीहरुसँग त्यसको आधिकारिकर एकीकृत रेकर्ड हुँदैन,’ उनले भने,‘परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण गर्न सम्बन्धित विषयको सरकारी कार्यालयले गरेको प्रमाणीकरण माग्छ, यस्तो अवस्थामा एसएलसीभन्दा कम पढेकाहरुको प्रमाणपत्र नै प्रमाणीकरण हुन सक्दैन।’
उनका अनुसार अब एसएलसी उत्तीर्ण नगरेकहरुले साउदी समेत जान नपाउने र एसईई वा त्यसभन्दा माथिको तह उत्तीर्ण गरेकाहरुले पनि प्रमाणपत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड वा विश्वविद्यालयहरुमा धाउनुपर्नेछ। त्यसपछि सो कागजातका आधारमा फेरि कन्सुलर सेवा विभागमा लाइन बस्न जानुपर्नेछ।