बाल यौन दुर्व्यवहारमा पक्राउ राई: ४ लाख धरौटीमा रिहा
- रामचन्द्र तिम्सिना
- २३ जेष्ठ, २०८० ०५:१७
- 44 Views
नुवाकोट /
आफ्नै विद्यालयका बालबालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा भएका छन्।
खोटाङको ‘शुभद्रा मदन फाउन्डेसन’का संस्थापकसमेत रहेका राईलाई सोमबार जिल्ला अदालत खोटाङका न्यायाधीश सुवासबाबु पुरीको इजलाशले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
धरौटीमा रिहा भएका राईसँग चार लाख धरौटी माग गरिएको छ। धरौटी बुझाएसँगै राई रिहा भइसकेका छन्।
फाउन्डेसनमा ७ वर्षदेखि बस्दै आएकी १६ वर्षीया एक किशोरीले यौन उनीविरुद्ध दुव्र्यवहारको उजुरी दिएपछि ७५ वर्षीय राई पक्राउ परेका थिए।
राईविरुद्ध पीडितले आफूमाथि पटकपटक शरीरमा हातले छोएको, यौन सम्पर्क सिकाइदिन्छु भनेर प्रस्ताव राखेको, आफ्नो गुप्तांग छुन लगाएकोलगायत विभिन्न आरोपहरु लगाएका थिए।
तपाईको प्रतिक्रिया