दम्माम शिविरको लागि तोकिएको दिनमात्र प्रि-इनरोलमेन्ट फारम भर्न दूतावासको अनुरोध
पिटि अनलाईन न्यूज
- २३ जेष्ठ, २०८० ०१:४१
- 61 Views

दम्माम ,साउदी अरब।
नेपाली राजदूतावास रियाद ,साउदी अरेबियाले आगामी जुन ९ र १० गते नेपालीहरुको बाक्लो उपस्थिती रहेको दम्माममा हुने राहदानी नविकरण शिविरको लागि तोकिएको दिनमात्र प्रि-इनरोलमेन्ट फर्म भर्न दूतावासले अनुरोध गरेको छ।
दूतावासले एक सुचना जारी गरि शिविरबाट जम्मा ८०० जनालाई मात्रै सेवा दिन सकिने हुनाले सन् २०२४ को जनवरी ३१ सम्ममा राहदानीको म्याद सकिनेहरूमध्ये २०२३ को जून ०९ शुक्रवार र ११ आईतवारको लागि राहदानी आवेदन फाराम भरेकाहरू मात्र उक्त शिविरमा सेवा लिन आउनु हुन अनुरोध गरेको छ।
उल्लेखित दिनहरूमा भरेका राहदानी आवेदन फारामहरू बाहेक अन्य दिनको लागि राहदानी आवेदन फाराम भरेकाहरूका लागि यो शिविरबाट सेवा प्रदान नहुने सो सम्बन्धी विस्तृत जानकारीको लागि मिति २२ मे २०२३ गते प्रकाशित राजदूतावासको सुचना हेर्न आग्रह गरेको छ। ।
साउदीको पुर्बी क्षेत्र दम्माम शहरको अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसलिया हुने उक्त शिविरमा गत अप्रिल २८- २९ सम्पन्न भएको शिविरमा लगायतमा बनीआएको १५६२ वटा पासपोर्ट समेत वितरण गरिने दूतावासले जानकारी दिए।
उक्त शिविरलाई गैर आवसिय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति साउदी अरबले प्रायोजन गरेको छ भने साउदीमा सक्रिय संघसंगठनहरुले स्वयंसेवा दिने भएको छ।
पासपोर्टको लागि अनलाइन फाराम (प्रि-इनरोलमेन्ट) फर्म भर्न साउदीमा सक्रिय एनआरएनए ,नेपाली साझा मन्च , हेल्प मधेसी , आदिवासी जनजाती महासंघ लगायत संस्था र सामाजिक ब्यक्तित्वहरुले निशुल्क सहयोग गर्दै आईरहेको छ। यदी सेवाग्राही कोहि कसैलाई फर्म भर्न सहयोग चाहिएमा संबंधित संस्थाको फेसबुकमा गएर सम्पर्क गर्न सकिने छ । श्रमिकहरु निशुल्क अनलाईन फर्म भर्दै आएको नेपाली साझा मन्च साउदी अरबले शिविरको लागि मात्रै १०० जनाको फर्म भरेको र अहिले सम्म ३५० जनाको फर्म भरिसकेको मन्चका महासचिव राजु केसीले जानकारी दिए।
दम्माममा आगामी जुन ९ र १० गते दूतावासको पासपोर्ट नविकरण शिविर हुदै