जय नेपाल द्वारा इन्द्रावती आधारभुत अस्पताल, इन्द्रावती गाउँपालिकालाई हस्तान्तरण
नेत्र न्यौपाने
- २२ जेष्ठ, २०८० १६:१६
- 203 Views

सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नं ११ बोडगाउमा रहेको बोड्गाउ आधारभुत अस्पताल आज सोमबार एक कार्यक्रम गरि बिधिबत रुपमा स्थानीय सरकार अर्थात इन्द्रावती गाउपालिका लाई हस्तान्तरण गरिएको छ।
वैदेशिक सहयोगी दाता अल्बर्टो लुइज एवं गैरसरकारी संस्था जय नेपालको साझेदारीमा संचालित उक्त अस्पताल ले इन्द्रावती गाउँपालिका लगायत , चौतारा सागाचोक गढी नगरपालिकाका जनता र काभ्रेपलान्चोकका बिरामीहरुलाई सेवा प्रदान गर्दै आइ रहेको छ
सुन्दर इन्द्रावती नदिको किनार ,इन्द्रावती गाउपालिका- ११ मा रहेको जय नेपाल सम्था द्वारा संचालित बोडगाउँ आधारभुत अस्पताललाई आजै, इन्द्रावती गाउपालिकाका प्रमुख झम्क नेपालले बिधिबत रुपमा स्थानीय सकारको मातहतमा लिनु भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथी इन्द्रावती गाउँपालिका प्रमुख झम्क नाथ नेपाल र जय नेपाल सस्थाका सस्थापक अध्यक्ष श्याम चित्रकार बाट पर्दा खोलेर बोडगाउँ आधारभुत अस्पतालको उदघाटन गरिएको थियो। कार्यक्रममा विभिन्न सस्थाका प्रतीनिधि , वडा अध्यक्षहरु, निबर्तमान जनप्रतिनिधि लगायत स्थानीय जनताको उल्लेखनीय उपस्थिती रहेको थियो ।भने
आज बिश्व बाताबरण दिबस परेकोले एबोगाडोको बिरुवा रोपेर कार्यक्रम सम्पन्न गरिएको छ।