पत्रकार शक्तिमाया तामाङ प्रदेश “गौरव पत्रकारिता पुरस्कार” बाट सम्मानित
- डिबि तामाङ
- १६ जेष्ठ, २०८० १७:०२
- 170 Views
नुवाकोट।
नुवाकोटको पत्रकार एवं रेडियो चिम्टेश्वरको संचालक समितीका कोषाध्यक्ष तथा स्टेशन इन्चार्ज शक्तिमाया तामाङ बागमती प्रदेश “गौरव पत्रकारिता पुरस्कार” बाट सम्मानित भएकी छिन्।
हिजो जेष्ठ १५ गते अर्थात १६ औं गणतन्त्र दिवसको विशेष अवसरमा बागमती प्रदेस सरकारले आयोजना गरेको एक कार्यक्रमको बीच बागमती प्रदेशमा पत्रकारिता मार्फत क्रियाशील रही समाज रुपान्तरणमा अनुकरणीय भुमिका खेलेको हुँदा उनको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान पत्र साथै नगद रु, २० हजार सहित “प्रदेश गौरव पत्रकारिता” पुरस्कारद्वारा सम्मान मिलेको हुन।
एक साहशी र असल पत्रकारको छवी बनाई सकेकी तामाङले नुवाकोटमा १ दशक देखि पत्रकारिता, संचारको जगतमा रेडियो चिम्टेश्वर, (बिबिसि) नेपाल सेवा, नेपाल जनजाती आदिवासी पत्रकार महासंघ नुवाकोटका अध्यक्ष समेत रहेर नुवाकोट, रसुवा, धादिङ लगायतका अन्य कार्य क्षेत्र बनाएर यस क्षेत्रमा निरन्तर निष्पक्ष, निस्वार्थ ढंगले क्रियाशील रहि समाजिक रुपान्तरण तथा सूचना तथा समाचारहरु प्रवाह गर्दै नुवाकोट जिल्ला मात्रै नभइ बागमती प्रदेशको समेत मन जिति सकेकि छिन् भने यस अघि पनि उनले थुप्रै सम्मान ग्रहण गरिसकेकी छिन्।
बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जमकट्टेल, प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ लगायतको सहभागितामा सम्पन्न भएको कार्यक्रममा शक्तिमाया संगै चितवनका विकास पत्रकारिता पुरस्कारबाट अनिल ढकाल, बागमती पत्रकारिता पुरस्कार बाट दोलखाका प्रभु जिरेल, अग्रज पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका सुरेश कसजु, ग्रामिण पत्रकारिता पुरस्कारबाट मकवानपुरका शिवकुमार रिजाल, र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका बिक्रम रत्नलाई जनही रु २० हजार रुपैयाँ र सम्मान पत्रद्वार सम्मानित भएका हुन भने अन्य ६ जनालाई खुला लेख प्रतियोगिता मार्फत ६ जनालाई पुरस्कृत गरेको छ ।
पुरस्कृतहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले पुरस्कार वितरण तथा सम्मान गरेका थिए ।