जन्मदिनको खर्च कटाएर, बिधालयका विद्यार्थीहरुलाई सहयोग
नेत्र न्यौपाने
- १५ जेष्ठ, २०८० ००:१३
- 88 Views

इन्द्रावती-११, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम ११ अधिकारीटार निवासी युवा समाजसेवी श्री बिनाेद थापा (राजिव) ले, अाफ्नाे जन्म दिनकाे शुभ अवसर पारेर यसै स्थानमा रहेको श्री पराेपकार अाधारभुत विध्यालयका विध्यार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामग्री वितरण गरेर आफ्नो जन्म दिन मनाएका छ्न।
गत बर्ष आफ्नो जन्म दिन पारेर समाजसेबि बिनोद थापाले श्री परोपकार आधारभुत बिधालयमा १ लाख एक हजारको अकक्षय कोष स्थापना गर्नु भएको थियो । आज उक्त कोषमा जम्मा भए रकमको ब्याज र ब्यक्ति गत केही रकम सहित जन्म दिनको अब्सर पारेर सबै विध्यार्थीलाई शैक्षिक समाग्रि कापि हाफ दर्जन, सिसाकलम ज्याेमेट्रीक बक्स इरेजर सापनर बितरण गर्नु भएको थियो।
कार्यक्रममा बोल्ने क्रममा बिधालय ब्यबस्थाप समितीका अध्यक्ष शरण प्रसाद न्याैपाने, प्र अ विदुर प्रसाद नेपाल सस्थापक सदस्य माधब प्र न्याैपाने शिक्षा प्रेमि हरिबाबु सापकाेटा , गणेश प्र अधिकारी लालकुमारी अधिकारी र गाेविन्द प्रसाद आचार्यले “अहिलेको युबायुबतीहरुमा आफ्नो जन्म दिन वा कुनै पनि कुरा सेलिब्रेशन गर्दा ठुला होटल र रेस्टुरेन्टमा ठूलो खर्च गर्ने क्रम बढ्दो भएकोमा समाजसेबि बिनोद थापाको यो कदमले सबैले सिक्नु पर्ने बताउनु भएको थियो ।
उक्त कार्यक्रममा बोल्दै युबा समाजसेबि बिनोद थापाले आउने दिनहरुमा पनि यस्तै यस्तै समाजिक कार्य र सहयोग गर्दै जाने बताउनु भएको थियो । साथै उक्त कार्यक्रमकाे अवरमा शिक्षिका सुन्तलि सापकोटालाई हालैमात्र शिक्षक सेवा अायागले लिएको स्थायि परिक्षामा नाम निकालेर स्थायि नियुक्ति लिइ जानू भएकोमा बिदाइ तथा सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थी लगायत स्थानीय अभिभाबकहरुको उल्लेखनीय उपस्थित रहेको थियो।