नेपाल एयरलाइन्सको रियाद उडान निरंतरताको लागि कुटनैतिक पहल गरिदिन दूतावासलाई अनुरोध
नेत्र न्यौपाने
- ११ जेष्ठ, २०८० ०९:३५
- 45 Views

रियाद, साउदी अरब।
साउदी अरबको राजधानी शहर रियादबाट काठमाडौं सिधा उडान भइरहेको नेपाल एयरलाईन्सको उडान बन्द हुने सम्भावना देखेर रियाद लगायत साउदी अरबमा सक्रिय संघसंगठन र सामाजिक ब्यक्तित्वहरुले नेपाली राजदूताबास रियादलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
बुधबार दिउसो महामहिम राजदुत नवराज सुवेदीलाई भेट गरि नेपाली राष्ट्रिय ध्वजाबहाक बिमान उडानको निरन्तरताको लागी कुटनितिक पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएको गैर आवासीय नेपाली संघ , रियाद क्षेत्रीय अध्यक्ष महेश घिमिरेले जानकारी दिए।
गैर आवासीय नेपाली संघ , रियाद क्षेत्रीय समन्वय समिति र अंतर संस्था समन्वय समिति रियादको नेतृत्वमा नेपाली जनसम्पर्क समिति ,साउदी अरब ,नेपाली साझा मन्च ,हेल्प मधेसी ,सहयोगी नेपाली एकता समाज ,युवा सेवा समाज,सिर्जना सांस्कृतिक समूह,तमु धी रियाद क्षेत्रीय समिति,नेपाली नृत्य समूह,सनसाईन ट्राभल एन्ड कार्गो ,मोरङ सुनसरी समाज , पारिवारिक समाज नेपाल, कास्की आदर्श समाज,नेपाल तामाङ घेदुङ, ,झापाली समाज , स्याङ्जा सहयोग समाज, दलित एकता सन्जाल र सुदूरपश्चिमेली नेपाल समाजले हस्ताक्षर गरि महामहिम राजदूत सुवेदीलाई कुटनैतिक पहल गरिदिन अनुरोध गरेको हो।
रियादबाट नेपाल सिधा उडान हुदा गौरव अनुभुती साथ बिभिन्न समय देखि अस्पतालका सैयामा अर्धचेत रहेका बिमारिहरुलाइ नेपाल एयरलाइन्स बाट पठाइयो भनेर सुन्दा हामि रियादमा रहने नेपालीहरुमा खुशि अनुभुति भएको थियो, तर केहि समय देखि नेपाल एयरलाइन्सको उडान तालिका साउदी अरब रियादको लागि पुर्ण रुपमा नआएको कारण महिना दिन भन्दा धेरै दिनको बिदाकोलागि स्वदेश यात्रा गर्दा २ तर्फि टिकट काटेर उडान भर्न नपाएको कम्पनिले बिदा तालिका अनुसार अगाडि नै टिकट निर्धारित गर्ने हुदा टिकट काट्न नपाइएको समस्या छदै थियो हामिले नेपाल एयरलाइन्सको बथा स्थित कार्यलयमा बुझ्दा रियाद एयर्पोर्टले नै अनुमति नदिदा उडान तालिका सार्वजनिक गर्न कठिनाइ भएको जानकारि आइरहेको अवस्थामा एक्कासि नेपाल एयरलाइन्सको रियाद सहरबाट काठमाडौको लागि हुने उडान बन्द हुने भन्ने खबर सुन्दा हामि रियादमा भएका सम्पुर्ण नेपालिहरुलाइ खल्लो महसुस भएको छ । साउदि अरबको राजधानिबाट हुने हामि नेपालिहरुको एकमात्र राष्ट्रिय ध्वजा वाहक उडान यसरि रियादबाट सेवा नै बन्दहुने जानकारि आउदा हामि रियाद बासि नेपालि मर्माहित भएका छौ।नेपाल राजदुतावासले जसरि हिजो नेपाल एयरलाइन्सलाइ साउदीको रियादमा अवतरण गर्ने प्रक्रियामा भुमिका खेलेको थियो त्यसरिने आजपनि राष्ट्रिय ध्वजावाहक उड़ान नै बन्द गर्ने अवस्था आइपर्दा आवश्यक कुटनैतिक पहल गरि हाम्रो राष्ट्रिय ध्वजा वाहक बिमान लाइ हप्तामा कम्तिमा २ उडान रियाद देखि भर्न पाउने गरि पुरा अनुकुल तालिकाको लागि आवश्यक प्रक्रिया गरियोस भनि गैर आवासीय नेपाली संघ लगाएत रियादका बिभिन्न संघ सस्था मार्फत अनुरोध एवं ध्यानाकर्षण गर्दछौं ,ध्यानाकर्षण पत्रमा भनिएको छ।
रियादमा उडान बन्द हुने जानकारी पाएपछि एनआरएनए रियादको समन्वयमा अन्तरसंस्था समन्वय समिति र अन्य संघसंगठन समन्वयमा दूतावासलाई ध्यानाकर्षण गराएको अध्यक्ष घिमिरे बताए। घिमिरेका अनुसार दूतावासले रियाद मात्र होइन साउदीको दम्माम ,जेद्वा लगायत शहरबाट उडान सुचारु गर्न पहल गरिने जानकारी प्राप्त भएको बताएका छन् ।
सिधा उडानमा एकाधिकार रहेको हिमालय एयरले पटकपटक बिना सुचना उडान रद्व गरेर यात्रुलाई अलपत्र बनारहेको तितो यथार्थ रहेको समयमा नेपाल एयरले अन्य शहरबाट उडान भर्ने हो भने नेपाली श्रमिकहरुले राहात पाउने बिश्वास गरिएको छ।