गजल: चोरै चोर यहाँ !
रामचन्द्र तिम्सिना
- १० जेष्ठ, २०८० ०९:०२
- 17 Views

सबै रहेछन् लौ सुन! चोरै-चोर यहाँ
कोही रहेछन् नून,कोहि सुन चोर यहाँ !
मनको मीत सङ्गीत नि मिसावटी रे
कोही शब्द,ताल कोही धुन चोर यहाँ!
सारा संसार आँखा फाल्छ ऊन्कै ‘फिगर’मा
भन्नुस् त प्रभु! कुन साधु,कुन चोर यहाँ?
हिरा,मोती,मणि,माणिक्यको कुरै छोडौं
मौका मिल्दा मान्छे त सुर्ती र चुन चोर यहाँ!
आफ्नी लाग्छे कस्ती-कस्ती,औंसी जस्ती
क्षितिजमा उदाउने सबै जून चोर यहाँ !
कृष्ण जस्ता जोबन-चोर त भगवान भए
उस्कै बाँसुरी बेस्कन बज्छ ठूलो छ जुन चोर यहाँ !
मदन कुमार अधिकारी
धनुषाधाम नगरपालिका-४,सर्सा,धनुषा
तपाईको प्रतिक्रिया