शुक्रबार जेद्वा ,पुर्बी क्षेत्र र जिजान,अभा – खामिस क्षेत्रीय समन्वय समितिको अधिबेशन गर्दै एनआरएनए साउदी
नेत्र न्यौपाने
- १० जेष्ठ, २०८० ००:५३
- 30 Views

दम्माम ,साउदी अरब ।
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय समिति ,साउदी अरब अन्तर्गत रहेका क्षेत्रिय समन्वय समितिहरुको अधिबेशनको चटारो छ।केही समय अघि अलकासिम, ताबुक र रियाद क्षेत्रिय समन्वय समितिको अधिवेशन सम्पन भएको छ। कासिममा कृष्ण अधिकारिको अध्यक्षतामा, ताबुकमा नर बहादुर खतिवडाको अध्यक्षतामा र रियादमा महेश घिमिरेको अध्यक्षतामा नव निर्वाचित कार्य समित चयन भएका छन् ।
अधिबेशनको क्रम आगामी मे २६ तारिख शुक्रवार पुर्बी क्षेत्र दम्माम, जेद्वा र जिजान ,अभा ,खमिसको फरक स्थानमा अधिबेशन हुने भएको संघका अध्यक्ष डम्बर यादबले जानकारी दिए।
क्षेत्रिय समन्वय समिति, जेद्धाको “आठौँ अधिवेशन तथा श्रमिक अन्तरक्रिया” शुक्रबार जेद्वा स्थित लक्की दरबार रेष्टुरेन्ट, सरफिया दिनको १२: ३० बजे देखि हुने भएको छ।साउदी अरबको पश्चिमी क्षेत्रमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई सो कार्यक्रमा उपस्थित भई कार्यक्रम भव्यताका साथ सफल बनाइदिन जेद्वा समितिले अपिल गरेको छ।
त्यसैगरि क्षेत्रिय समन्वय समिति पुर्बी क्षेत्र समन्वय समिति दम्मामको आगामी शुक्रबार दम्मामको सिको स्थित पारागन होटेलमा हुने भएको छ। त्यसैगरि क्षेत्रीय समन्वय समिति जिजान, अभा – खामिसको तेश्रो अधिबेशन शुक्रबार जुबिली रेस्टुरेन्ट,खमिस मुसेल ,बलाद मार्केट नेपाली होटेलसंगै हुने भएको छ।साउदी अरवमा दूतावासको समन्वयमा श्रमिकहरुको राहत तथा उद्वारमा प्रभावकारी भुमिका निर्वाह गर्दै आइरहेको एनआरएनएको स्थानीय तथा क्षेत्रीय अधिबेशनलाई नेपाली समुदायले चासोको साथ नियालीरहेका छन् ।