दम्माममा आगामी जुन ९ र १० गते दूतावासको पासपोर्ट नविकरण शिविर हुदै
पिटि अनलाईन न्यूज
- ९ जेष्ठ, २०८० ०४:३५
- 43 Views

दम्माम ,साउदी अरब।
नेपाली राजदूतावास रियाद ,साउदी अरेबियाले आगामी जुन ९ र १० गते नेपालीको बाक्लो उपस्थिती रहेको दम्माम शहरमा पासपोर्ट नविकरण शिविर आयोजना गर्ने भएको छ।
दूतावासले एक सूचना जारी गर्दै शिविरको फाइदा उठाउन नेपालीहरुलाई अनुरोध गरेको छ। शिविर साउदीको पुर्बी क्षेत्र दम्माम शहरको अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसलिया हुने भएको छ। उक्त स्थानमा गत अप्रिल २८ र २९ तारिखमा शिविर भएको थियो। आगामी शिविरमा गत शिविरमा लगायतमा बनीआएको १५६२ वटा पासपोर्ट वितरण गरिने दूतावासले जानकारी दिए।
उक्त शिविरलाई गैर आवसिय नेपाली संघ ,राष्ट्रिय समन्वय समिति साउदी अरबले प्रायोजन गरेको छ भने साउदीमा सक्रिय संघसंगठनहरुले स्वयंसेवा दिने भएको छ।
यो पटकको शिबिरमा दूतावासले जुन ९ को लागि ४००जना र १० गतेको लागि ४०० जना कोटा निर्धारण गरेको छ। जुन ९ मा सेवा लिने सेवाग्राहीले ९ तारिखमा जुन १०मा सेवा लिने सेवाग्राहिले जुन ११को प्रि-इनरोलमेन्ट फर्म भर्न दूतावासले अनुरोध गरेको छ। उक्त शिविरमा जनवरी ३१ तारिख २०२४ सम्म मिति भएको पासपोर्ट मात्र नविकरण गरिने बताएको छ।
गत शिविरमा १०४५ जना सेवाग्राहीको पासपोर्ट नविकरण सेवा दिन सफल भएको दूतावासले यो पटक अझ धेरै सेवाग्राहीलाई सेवा दिनु पर्ने सरोकारवाला श्रमिकहरुले माग गरेको छ। गत शिविरमा पहिलो दिन नै पुरै टोकन वितरण गरिएको हुदा टाढाबाट आउनु हुने सेवाग्राहीको समस्या परेको हुदा यो पाली टाढा बाट आउनु हुने सेवाग्राही समस्या बुझुदिनु हुन दूतावासलाई श्रमिक राजन शाक्यले पिटि अनलाईन मार्फत अपिल गरेका छन् ।
पासपोर्टको लागि अनलाइन फाराम (प्रि-इनरोलमेन्ट) फर्म भर्न साउदीमा सक्रिय एनआरएनए ,नेपाली साझा मन्च , हेल्प मधेसी , आदिवासी जनजाती महासंघ लगायत संस्था र सामाजिक ब्यक्तित्वहरुले निशुल्क सहयोग गर्दै आईरहेको छ। यदी सेवाग्राही कोहि कसैलाई फर्म भर्न सहयोग चाहिएमा संबंधित संस्थाको फेसबुकमा गएर सम्पर्क गर्न सकिने छ।
दमाममा राहदानी आवेदन संकलन शिविर सञ्चालन हुने सम्बन्धी सूचना ।
——————————————————————
शिविर सञ्चालन हुनेः
मितिः ९ र १० जुन २०२३ (शुक्रबार र शनिबार)
समयः बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म
स्थानः- अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसलिया, दमाम
लोकेशनः
https://goo.gl/maps/mM9umqbEP5eTPKob8
अनलाइन फाराम (प्रि-इनरोलमेन्ट) भर्ने लिंकः
https://emrtds.nepalpassport.gov.np