दंगीशरण ,१ रामपुर खानेपानी ट्याङ्कीको निर्माण कार्य अलपत्र
पिटि अनलाईन न्यूज
- ८ जेष्ठ, २०८० ११:०९
- 100 Views

बिबस रसाइली,दाङ।
दाङको दंगीशरण गाउँपालिका १ को रामपुरको खानेपानी ट्याङ्की करिब १ वर्ष देखि अलपत्र परेको छ। विगत ५ वर्ष पहिले देखि निर्माण कार्य सुरु भएको थियोे । ट्याङ्की निर्माण आयोजना अहिले अलपत्र अवस्थामा रहेको स्थानीयले बताएका छन ।
ठेकेदारको लापरवाहीका कारण खानेपानी निर्माण कार्य पुरा हुन नसक्दा खानेपानीबाट समस्या हुनु परेको भन्दै स्थानीयले गुनासो गरेका हुन्
स्थानीय एक ब्यक्तिले भन्नू भयो। खानेपानी निर्माण गर्ने भनेर आफूले दुईहजार रुपैयाँ दिएको तर, उक्त पैसा कहाँ लगानी गरियो भनेर थाहा नभएको बताउनुभयो ।
उक्त खानेपानीको ट्याङ्की निर्माणको जिम्मा ठेकेदारलाई दिइएको भएपनि पाइप बिस्तारको जिम्मा भने स्थानीय उपभोक्ता समितिलाई दिइएको थियो । पहिलेको उपभोक्ता समिति भएता पनि आन्तरिक विवादका कारण विगठन भएपछि फेरी नयाँ उपभोक्ता समिति पनि चयन गरिएको थियो । तर, अर्को समिति गठन गरेको लामो समय भएपनि काम भने अगाडि नबढेको स्थानीयले बताएका छन।
नयाँ उपभोक्ता समितका अध्यक्ष कर्ण बहादुर भण्डारीले स्थानियबाट उठाएको पैसा पाइप विस्तारमै सकिएको बताउनुभयो । वर्षौ देखी खानेपानीको समस्या झेल्दै आएका दङ्गीशरण ,१ का स्थानीयलाई गर्मीयाम र बर्खाको समय मा समस्या हुने गरेको छ । कतिपयले कुवाको पानीबाट गुजरा चलाउदै आएको भएपनि गर्मीयाममा कुवा सुक्न थालेपछि समस्या हुने गरेको छ । अन्य टोलका बासिन्दाहरुलाई भने खानेपानी लिनको लागी करिब ३० / ४० मिनेट पैदल हिडेर टाढा जानुपर्ने बाध्यता रहेको छ ।
ट्याङ्की को निर्माण कार्य करिब ८० प्रतिशत काम पुरा भइसकेको बताउनु भयो। लिप्ट मार्फत ट्याङ्की सम्म पुग्ने पानी पुगिसकेको र ट्याङ्की को काम मात्र ढिलो भएको बताउनु भयो। अब ट्याङ्की निर्माणको काम छोटो भएपछि स्थानीयले खानेपानी पाउने अवस्था रहेको उहाले बताउनुभयो
।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङले भने ट्याङ्की निर्माणको काम भइरहेको बताएको छ । ट्याङ्की निर्माण गर्न एक करोड भन्दा धेरै पैसा लाग्छ, एकै पटक त्यतिका पैसा आउन सम्भव छैन, त्यसैले किस्ता किस्तामा पैसा आइराख्छ हामी काम गरिरहन्छौं, खानेपानी तथा सरसराइ डिभिजन कार्यालय दाङका प्रमुख भोलाप्रसाद थापाले भन्नुभयो । अब २० प्रतिशत काम मात्रै बाकी रहेको बताउँदै एक वर्ष भित्र त्यहाँका स्थानीयले खानेपानी पाउने उहाको भनाई छ ।