महेश घिमिरेको नेतृत्वमा एनआरएनए रियाद क्षेत्रीय समिति गठन
नेत्र न्यौपाने
- १ जेष्ठ, २०८० ०१:२१
- 27 Views

रियाद ,साउदी।
गैर आवासीय नेपाली संघको अगामी कार्यकालका लागी एनआरएनए एनसीसी साउदीअरबका मातहतमा रहेका क्षेत्रिय समन्वय परिषदहरू मध्येका एक रियाद क्षेत्रिय समन्वय समितिको यही १२ मेई २०२३ शुक्रवारका दिन छैठौं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशन बाट २०२३-२०२५ कार्यकालको लागी महेश घिमिरेको अध्यक्षतामा रियाद क्षेत्रिय समन्वय समिति चयन भएको छ ।
उक्त अधिवेशन बाट उपाध्यक्षमा धनपति बराल (राजु), सचीवमा जितेन्द्र थपलिया, सह-सचिबमा देवेन्द्र विश्वकर्मा, कोषाध्यक्षमा नारायण श्रेष्ठ र सह कोषाध्यक्षमा सन्जोग पान्डे चयन भएका छन् ।
त्यसै गरी उक्त कार्यसमितिको प्रवक्ताको पद रिक्त रहेको छ भने सदस्यहरुमा नवराज डुम्रे, सुजन घिमिरे, सीतादेवी भट्टराई, कृष्ण माया हुमागाईँ, रोशन घ्लान तमाङ, जितेन्द्र चमार, नरेश महरा र मिन प्रसाद अधिकारी चयन भएका छन् ।
एनआरएनए-एनसिसी साउदीअरबका अध्यक्ष डमर यादवको सभापतित्वमा सम्पन्न उक्त छैठौं अधिबेशन कार्यक्रमका प्रमुख आतिथिको रूपमा नेपाली राजदूतावास रियादका प्रथम सचिब एवम् का.मु. नियोग उपप्रमुख ऋषिराज आचार्यको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिहरुमा नेपाली राजदूतावास रियादका पूर्विक्षेत्रिय जन सम्पर्क अधिकारी नारायण पासवान, आइ सि सि मध्य पुर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए-एनसिसी साउदी अरबका सस्थापक एवम् संरक्षक राजु सैयद, बिमल गौतम, एनआरएनए-एनसिसी साउदीका सल्लाहकार दिपक रेग्मी र अमृत पौडेलको उपस्थिति रहेको थियो ।उक्त अधिवेशन कार्यक्रममा अतिथिको रूपमा एनआरएनए- एनसिसी साउदीअरबका उपाध्यक्ष राम बहादुर क्ष्रेत्री, भक्त वीर राई, कोषाध्यक्ष मनिष कोइराला, निर्वाचन संयोजक हेम सुबेदि, गन्तव्य नेपालका अभियान्ता यादब घिमिरे, जनसम्पर्क समिति साउदी अरबका सभापति आर्जन थापा, प्रबासी नेपाली मन्च साउदीका अध्यक्ष अमर श्रेष्ठ, पानसका अध्यक्ष कुमर हुमागाइ, झपाली समाज साउदीका राजेन्द्र थापा, अन्नपूर्ण पोस्टका लागी साउदी संवाददाता विष्णु घिमिरे, सुदुरपश्चिमेली समाजका खेम राज भट, रोल्पली समाजका उमान घर्ती मगर, नेपाल तमङ घेदुङ साउदीका अध्यक्ष अमृत घिसिङ, चन्दन तान्दै लगायत मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गानको धुन सँगै अधिवेशन कार्यक्रमको दिप प्रज्वलन गर्दै उद्घाटन गरिएको थियो भने कोषाध्यक्ष मनिष कोइरालाद्वारा संचालित कार्यक्रममा उपाध्यक्ष राम बहदुर क्ष्रेत्री द्वारा स्वागत मन्तव्य राखिएको थियो ।