एम.एन.ओ.नुवाकोटको तेस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा उमा तामाङ
पिटि अनलाईन
- ३१ बैशाख, २०८० ०८:५८
- 41 Views

नुवाकोट ।
मंगोल नेशनल अर्गनाइजेसनको ऎतिहासिक तेस्रो नुवाकोट जिल्ला अधिवेशन बैशाख ३० गते शनिबारको दिन विदुर नगरपालिका वडा नं ९ स्थित थ्री.डी खेल मैदानमा केन्द्रिय सर्वोच्च सभाको सदस्य साथै अनुशासन सभाको संयोजक गणेश चाम्लिङ राइको प्रमुख आतिथ्यतामा भब्य रुपमा सम्पन्न भएको छ ।
तेस्रो नुवाकोट जिल्ला अधिवेशन मुल आयोजक सभाका संयोजक प्रदीक्षा तामाङको सभाध्यक्षता सम्पन्न भएको सभालाई संबोधन गर्दै प्रमुख अतिथि गणेश चाम्लिङ राइले मंगोल नेशनल अर्गनाइजेसनको स्पष्ट भिजन रहेको बताउँदै लोकतान्त्रिक समाजवाद र प्रत्यक्ष राष्ट्रपती प्रणाली हुनुपर्ने त्यसैगरी यहाँका शासकले एम एन ओ ले स्थापना काल देखि उठाएको मुद्दा लोकतन्त्र धर्मनिरपेक्ष र प्रान्तीयता स्वीकारे ता पनि हिन्दुवाद यथावत राखिएको धारणा राखेका थिए ।
विशेष अतिथिहरुमा केन्द्रिय सर्वोच्च सभाको सदस्य श्याम लिम्बू र रिन्छेन तामाङले संगठनको फाउन्डर प्रेसिडेन्ट ड गोपाल गुरुङले लेखेको पुस्तकहरु अध्ययन गर्न जोड गर्दै अब यहाँका बहुसंख्यक मुलबासी मंगोलहरु राजनीतिक रुपमा चेतनशील हुनुपर्छ र गोपाल गुरुङको यो मंगोलवाद दर्शनले मात्रै यो मुलुकमा सकारात्मक परिवर्तन आउने बताए । त्यसैगरी अन्य केन्द्रिय सभाको सदस्यहरु जोनी मंगोल विश्वकर्मा,कासिमा तामाङ,मेन लामा तितुङ,धनमाया तामाङ उपस्थित भएको थियो भने बागमती प्रान्तीय सभाको अध्यक्ष राजेन्द्र तामाङ सचीव कोषाध्यक्ष सहसचिव र सदस्यहरु बागमती प्रदेश भित्रका जिल्लाको अध्यक्ष संयोजक प्रतिनिधिहरु लगायतको कार्यक्रममा अतिथि आसन ग्रहण गराएको थियो।
कार्यक्रमको विधिवत उद्घाटन गरे पश्चात दिनाङ्क १२ मे मा सम्पन्न बन्द सत्रको निर्वाचन अधिकृत बागमती प्रान्तीय सभाको सहसचिव कर्म तितुङले नवनिर्वाचित जिल्ला सभालाई खुल्ला सभामा घोषणा गरेको थियो। बन्द सत्रबाट उमा तामाङको नेतृत्वमा १७ सदस्यीय जिल्ला सभा गठन भएको छ क्रमशः सचीवमा सुरेन्द्र तामाङ,कोषाध्यक्ष रेन्छेन तामाङ,सहसचिव जीवन तामाङ,प्रचारप्रसार सचीव कर्म तामाङ र सदस्यहरु,प्रतिना तामाङ ,विष्णु तामाङ,मम्बिल तामाङ,श्रीमाया तामाङ,सन्त बहादुर तामाङ,मधु तामाङ,प्रदिप तामाङ ,कल्पना तामाङ,राजेश राइ,सुर्यमान तामाङ,रामबाबु राई ,जुनु तामाङ र सल्लाहकारमा प्रदीक्षा तामाङ रहेकी छिन्।
अधिवेशन घोषणा सभाबाट घोषित नव निर्वाचित जिल्ला सभाको पदाधिकारीहरुलाइ उपस्थित अतिथिहरुले क्रमश: बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
उमा तामाङले सहजीकरण गरेकी कार्यक्रममा सुरेन्द्र तामाङले स्वागत मन्तव्यद्वारा अतिथिहरुको स्वागत सत्कार गर्दै औपचारिकता लिएको कार्यक्रममा कोण सभा र्याली र सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत रहेका थियो।