राज्यले नदेखेको बोक्सी प्रथाको कथा ‘तुवाँलो भित्र’
रामचन्द्र तिम्सिना
- ३० बैशाख, २०८० ०८:५५
- 44 Views

राज्यले नदेखेको बोक्सी प्रथाको कथा नेपालको मध्य पाहाडी भागको हो। परा पुर्व काल देखि नै नपाली समाजमा जरो गाडेको यो एक कु-प्रथा हो। यसको मुल सार गाउँकी एक जना एकल महिला (साबित्री) जो आफुले जानेको सिलाई को काम गर्दै आफ्नो रोजी रोटी चलाई रहेकी हुन्छिन, गाउँमा मानिस तथा बाल बालिकाहरु अचानक बिरामी पर्न थाल्छन्।
सोझी साबित्रीलाई गाउका प्रतिष्ठित मुखिया उसका आसेपासे लगायत केही महिलाहरुले सो बिरामी बनाएको दोष लगाउछन।
मुखियाले गाउँलेहरु भेला पारी सो कुराको दोष साबित्रीलाई लगाउछन र उसको घरमा गई घिसारेर गाउँ नजिक लगी दिसा खुवाएर साबित्रीलाई मार्छन। यसरी कथाको अन्त्य हन्छ।
यसका निर्देशक रहेका छन सन्तोष ढकाल जो बिगत लामो समय देखी यतिको खोजी लगाएतका चलचित्र निर्देशन तथा सम्पादन कार्यमा निरन्तर लागिरहेका छन। यसमा लेखन सोनाम मोक्तानको रहेको छ भने मुख्य सहायक निर्देशन सुवास गौतम को रहेको छ।
कलाकार हरुमा हिउँवाला गौतम, सन्तोष ढकाल, रबि के.सी, शंकर राज पहाडी, अंजली शाह, सुष्मा लामा, बिसाल बराल, सबिना धमला अदि रहेका छन। लाईटमा अर्जुन तिमिल्सीना, माहिला दाई, आले रहेका छन। मेकअपमा रबि के.सी र निर्माण नियन्त्रणमा ईश्वर पुडासैनी र भान्छामा राम कृष्ण पुडासैनी रहेका छन। सम्पादन कक्ष डिम लाईट स्टुडियोमा गरिएको छ। पाश्र्व संगित एलिस कार्कीको रहेको छ भने ईडिटि·, कलर, डि आई समिर मियाँको रहेको छ।
यसका निर्मातामा सोनाम मोक्तान र संवादमा गणेस सुवेदी तथा सब टाईटल बिमल गौतमले गरेका छन्। डिम लाईट मुवि एण्ड डिस्टिब्युसन प्रा.लि ले यस चलचित्रको निर्माण गरेको छ।