मिर्गौला पीडित श्रीमानको उपचारको लागि सहयोग गरिदिन चमेलीको अपिल
पिटि अनलाईन न्यूज
- २८ बैशाख, २०८० ०७:३३
- 60 Views

सिन्धुली।
जिल्लाको कमलामाई नगरपालिका वडा नं. ११ का नारायण रसाइलीको उपचारमा समस्या भएपछि आर्थिक सहयोगका लागि अपिल गरिएको छ । रसाइलीको मिर्गौला प्रत्यारोपण लागि आर्थिक सहयोगको अपिल गरिएको हो ।
४२ बर्षको रसाइलीको घरको आर्थिक स्थिति न्यून भएको र दुबै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक सहयोगको अपिल गरिएको उनका श्रीमती चमेली बिकले बताईन। उनका अनुसार गत केही महिना देखि मृगौला रोग सम्बन्धी बिरामी भइ शहीद धर्मभक्त राष्ट्रिय ट्रान्सप्लानन्ट सेन्टर ,दुधपाटी ,भक्तपुरमा उपचार गराईरहेको ,कमाएर परिवार पाल्नु पर्ने मान्छेनै रोगबाट दुवै मिर्गौलाले काम नगर्ने र मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अबस्था परियो।
जति सक्दो चाँडो अब दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह बमोजिम आर्थिक सङ्कटमा उनी देखिन्छ हाल सम्म श्रीमानको उपचारमा आफूसंग भएको र सर सापट गरेको रकम खर्च भइसकेको र घरको अवस्था नाजुक भएकोले श्रीमानको पुनर्जन्म गरीदिन अपिल गरेकी हुन् ।
दिगो आम्दानीको स्रोत नभएका चमेलीले देश बिदेशमा रहनु भएका मनकारी मनहरुलाई सहयोग गर्न अनुरोध गरेकी छिन् ।
सहयोगको लागि बिरामीको श्रीमती चमेली बिकको राष्ट्रिय बाणिज्य बैंक ,सिन्धुली शाखाम 1060100167265101 खाता नम्बरमा सहयोग गर्न सकिने छ भने 9800846323 ,9819856003 9823600631 र +97156977418 मा सम्पर्क गरेर सहयोग गर्न सकिने छ। साथै साउदी अरेबियामा सहयोगको लागि नेपाली साझा मन्च ,साउदी अरेबियाका उपाध्यक्ष तथा लोकगायक तेज ब सिन्धुली +966 57 271 7890 अथवा मन्च आवद्ध सदस्यलाई सम्पर्क गरि सहयोग गर्न सकिने छ।
फोटो : मिर्गौला पिडित बिरामी नारायण रसाइली