प्रवासी गायक तेज व सिन्धुलीको “कोदाली र कुटो”को म्युजिक भिडियो सार्वजनिक
पिटि अनलाईन न्यूज
- २६ बैशाख, २०८० १९:५६
- 61 Views

काठमाडौं ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत लोक गायक तेज ब सिन्धुलीको “कोदाली र कुटो” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
उक्त गीत चर्चित गायिका टीका सानुको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
तेज बहादुर सिन्धुली र मिना बेल्बासेको शब्द गोबिन्द वलीको लय, मिना बेल्बासे,तेज बहादुर सिन्धुली,राजन अधिकारी र संगीता तामाङको सुमधुर आबाज रहेको छ।
उक्त गीतको म्युजिक भिडियोमा टीका सानू ,सुजन शाह शन्कर ,मानसिंह खड्का र सम्झना बिश्वकर्माले उत्कृष्ट अभिनय गरेका छन् ।
सन्जय सिर्पाली एरेन्जर रहेको उक्त गीत मुर्चुङ्गा डिजिटल मार्फत सार्बजनिक भएको हो।
गाउँले परिवेशमा छायांकन गरिएको उक्त भिडियोमा तिन दिनमा २६ हजार भन्दा बढीले हेरेका छन् ।
तपाईको प्रतिक्रिया