अहिंसावादी युवा कप आयोजक अहिंसावादी युवा क्लबको पोल्टामा
पिटि अनलाईन
- १३ बैशाख, २०८० ०९:५७
- 70 Views

सविना तामाङ धादिङ ।
हिजो बैशाख-१२ गते जिल्लाको खनियाबास गाउँ पालिका ५ स्थित अहिंसावादी युवा क्लबद्धारा १५ औं वार्षिक उत्सवको अवसरमा आयोजीत प्रथम अहिंसावादी कप फुटबल प्रतियोगिता तथा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान साथै बृहत सांस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
बागमती प्रदेशको निवर्तमान पर्यटन,उद्योग तथा सहकारि मन्त्रि माननीय डम्बर तामाङको प्रमुख अतिथ्यतामा भएको सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि, अतिथिमा गाउँ पालिकाका जनप्रतिनिधीहरु राष्ट्रिय कलाकारहरु, खेलाडीहरु, सर्वसाधारणहरुको बाक्लो उपस्तिथी रहेको थियो।
“के युवा के बृद्दा सबैको लागि महत्वपूर्ण खेलकुद र शिक्षा” खेल, खेलौ स्वास्थ बनौं र मित्रताको भावना कायम राखौ” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा १८ टिमको सहभागीता रहेको थियो, फुटबल खेलमा फाइनल खेलको अन्तिम नतिजामा अहिंसावादी युवा क्लब प्रथम रन्ज्युङ युवा क्लब दृतिय र किम्ताङ युवा क्लब र लापा युवा क्लब तृतिय भएको छ ।
बिशेष अतिथि कलाकार सेलो गायक विश्व दोङ, निर्देशक, कोरियोग्राफर तथा कलाकार राज किङ वाइबा, कलाकार डोल्मा मनाङथेन लगायतको अन्य म्हेन्दोमाया क्षेत्रका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत बेजोड सांगीतिक प्रस्तुती रहेको थियो ।
कार्यक्रमको सम्वोधन गर्दै प्रमुख अतिथी मन्त्री डम्बर तामाङले भावी पुस्ता सम्म खेलाडिहरुको हक हित अधिकारको लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाउदै खेलकुद कार्यक्रमा खेलाडिहरुको उच्च सम्मानको साथमा बेस्ट किपर बेस्ट प्लेयर र अनुसासित खेलाडिलाइ हौसलाको लागि सम्मान गर्दै प्रथम हुनेलाई नगत पुरस्कार रु, ५० हजार, दृतिय पुरस्कार रु, २० हजार तृतिय र सान्त्वाना पुरस्कार रु, ७ हजार साथमा मेडल र प्रमाणपत्र प्रदान गरेका थियो।
कार्यक्रम अहिंसावादी युवा क्लबका सचीव रजित लामा तामाङले संचालन गरेका थिए ।