बिदुर १३ मा ३१० जना विधार्थीहरुले पाए निशुल्क आँखा जाँच तथा उपचार
- डिबि तामाङ
- १० बैशाख, २०८० २०:२७
- 409 Views
नुवाकोट।
जिल्लाको बिदुर नगरपालिका वडा नं १३ अन्तर्गत पर्ने “पन्चकन्या इंगलिस बोर्डिङ स्कुलमा” बैशाख १० र ११ गते (Little Stars Kinder brauchen Zukunft e.V.) नामक जर्मनी संस्थाको आर्थिक सहयोगमा नुवाकोट आई केयर सेन्टर प्रा. लि. को सहकार्य तथा विदुर १३ को समन्वयमा संचालन गरेको २ दिने निशुल्क आँखा शिविरमा ३१० जना बिरामीहरुले प्रत्यक्ष लाभ लिएका छन्।
बागेश्वरी आधारभूत विद्यालय बाट विद्यार्थी ७३ जना, १० जना शिक्षिक र कर्मचारी गरी ८३ जनाले त्यसैगरी पन्चकन्या इंगलिस बोर्डिङ स्कुल बाट २२७ जना विधार्थी, शिक्षक, कर्मचारी सहित जम्मा ३१० जना बिरामीहरुले निशुल्क आँखा परिक्षण गरी सेवा लिएका छन्।
यस संस्थाले यस पटक बिशेष गरी वडा नं १३ अन्तर्गतका ५ वटा विद्यालयका दुर्गम ग्रामीण भेगका कम्तिमा ६०० जना विद्यार्थीहरुलाई लाभान्तित हुने उदेश्यका साथ शिविर संचालन गरेको (Little Stars) संस्थाका कार्यकारी निर्देशक राजन दुलालले पिटी अनलाईन न्यूजलाई बताए ।
दुलालका अनुसार आज मात्रै ५० जना बिरामीहरुलाई चस्मा र १० जना बिरामीलाई औषधी प्रदान गरेको थियो भने बाँकी सबैको सामान्य अवस्था रहेको छ । त्यसैगरी भोलि बिहान अजिङ्गरे मा.वि. मा शिविर संचालन गर्ने तालिका रहेको हुँदा सम्बन्धित विद्यालयमा अध्यनरत बिधार्थी तथा अभिभावकहरु समयमै सूचना प्रवाह गरेर सहभागी भई बेलैमा आँखा जाँचेर समस्याको पहिचान गरी आँखाको उपचार गरेर आँखा जस्तो संवेदनशील अंगलाई स्वस्थ राख्नको लागि यो सुनौलो अवसर नगुमाउन समेत अनुरोध गरेका छन्।
आज पहिलो दिन संचालन शिविरमा सहयोगी संस्थाका बिदेशी प्रतिनिधीहरु, नुवाकोट आई केयर का प्रतिनिधि तथा चिकित्सकहरु विद्यालयका शिक्षिक/शिक्षिका विधार्थीहरु अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियो।
शिविर संचालक ले हामीलाई जानकारी दिए अनुसार बिरामीको आँखा परिक्षण गरी अवस्था हेरेरे सामान्य भएमा निशुल्क चस्मा र औषधि प्रयोग गर्न लगाउने समस्या जटिल भएमा नुवाकोट आई केयर, र काठमाडौंमा रिफर गर्ने यस संस्थाले व्यवस्था गरेको छ ।