संघीय लिम्बुवान सामाजिक मञ्च कतारले स्व.पदम बहादुर लिम्बुको शोक सभा सम्पन्न
डिबि तामाङ
- १० बैशाख, २०८० ०८:०१
- 224 Views

योगेन्द्र लो तामाङ दोहा।
कतारको एसियन टाउन स्थित व्हाइट हाउस होटलको सभा हलमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले पदम बहादुर लिम्बु (लाजेहाङ) को शोक सभा मनाएको छ ।
गत २०७९ चैत्र ५ गते प्रदेश नं १ का प्रदेश सभाले कोशी प्रदेश नामकरण गरे पछि पहिचानवादी राजनीति दल, नेपाल आदिवासी जनजाती महांसघ तथा विभिन्न पहिचानवादी घटक नामाङकन संयुक्त संघर्ष समितिद्वारा गरेको आन्दोलनले कोशी प्रदेशको नाम खारेजीको माग गर्दै शान्तिपुर्ण जनप्रर्दशनमा आन्दोलनकारी र प्रहरी बिच झडप हुँदा प्रहरीको लाठी प्रहारबाट पहिचानवादी नेता लाजेहाङको टाउकोमा गम्भीर चोट लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २०७९ चैत्र १० गतेको दिन मृत्युवरण भएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा पहिचानवादी शुभेच्छुक तथा शुभचिन्तकहरुको बाक्लो उपस्तिथि रहेको थियो । उपस्थित बुद्धिजीवी बैचारिक संस्थाका पदाधिकारी तथा समाजसेवी लगायत पहिचानवादीहरुले आफ्नो भनाइ राख्ने क्रममा कौसिक ॠषिमुणिको नाममा राखिएको कोशी प्रदेश कुनै पनि हालतमा स्वीकार गर्न नसक्ने बताउनुभयो । गैर आवासीय नेपाली संघ परिषद कतारका वरिष्ठ उपाध्यक्ष जैवि राईले आफ्नो भनाइ राख्ने क्रममा हरेक आन्दोलनहरुमा प्रदेश नं १ को महत्त्वपूर्ण भुमिका रहेको बताउदै २००७ सालको तत्कालीन राणा शासनको अन्त्य गर्न पनि प्रदेश नं १ बाट क्रान्ति सुरु भएको स्मरण गराउदै नामकरण हेरफेर हुन सक्लान् तर पहिचानको क्रान्तिका लागि आगो सल्कि सकेको बताए।
संघीय समाजिक मञ्च कतारका अध्यक्ष तथा शोक सभाका सभापति रेखा खाम्सामा राईले श्रद्धाञ्जली कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा नश्लवादी चिन्तन सरकारको कारणले अहिले प्रदेश नं १ मा दिनानुदिन आक्रान्त बनेको धारणा राखिन् । आगामी दिनहरूमा कतारमा व्यवसाय तथा रोजगारीका शिलसिलामा कतारआईपुगेका पहिचानवादी शुभेच्छुक तथा शुभचिन्तकहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिईन। नेपालमा जारी आन्दोलनलाई भौतिक रूपमा उपस्थित हुन नसके पनि नैतिक, सामाजिक, आर्थिक, रूपमा सहयोग गर्न उपस्थित सम्पुर्णलाई आग्रह समेत गरिन।
शोक सभाको विसर्जन पछि पहिचानवादीहरुको बृहत छलफल बहस पछि नेपालमा भइ रहेको आन्दोलनलाई थप सशक्त बनाउनको लागी संयुक्त संघर्ष समिति सँग थप सहकार्य गर्नको भोलि संघर्ष समन्वय समिति कतार गठन गर्ने निर्णय भएको पनि जानकारी दिएको छ।